मेयर बालेनले ‘अगस्त्य’ हेरेर गरे तारिफ, दोस्रो सातामा फिल्मको व्यापारमा उछाल

मेयर बालेनले ‘अगस्त्य’ हेरेर गरे तारिफ, दोस्रो सातामा फिल्मको व्यापारमा उछाल : Icon Khabar

काठमाडौँ, फागुन ३० ।  रिलिजको दोस्रो सातामा प्रवेश गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’ लाई दर्शकले उच्च साथ दिएका छन् । प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मको दोस्रो सातामा कम शोहरु भए पनि दर्शकको चाप भने घटेको देखिँदैन । फिल्मले पाएको शोजमा दर्शकको अकुपेन्सी सुखद रहेको छ ।

फागुनको १८ गतेबाट प्रदर्शनमा आएको एक्सन–थ्रीलर फिल्म ‘अगस्त्य’ को उच्च ‘वर्ड अफ माउथ’ले व्यापार पनि उत्साहजनक निरन्तरता पाइरहेको देख्न सकिन्छ । विशेष गरी फिल्मको दिवा र रात्री शोजमा दर्शकको चाप उच्च रहेको छ भने कति शोज हाउसफुल भइरहेका छन् । फिल्मको यही हिसाबको अकुपेन्सी अनुपात हेर्दा ‘अगस्त्य’ ले भोलिका दिनबाट बक्स अफिसमा अझै राम्रो व्यापार गर्ने देखिएको छ । तर, फिल्मले दोस्रो सातामा जति शोज पाएको छ, सबै शोजमा दर्शकको अकुपेन्सी राम्रो छ ।

प्रदर्शन अगावैबाट उच्च ‘हाइप’ मिलेको यस फिल्मको मेकिङ, कथावस्तु, कलाकारको अभिनय, एक्सनलाई दर्शकले निकै रुचाएका छन् । कतिले फिल्म बुलन्द भनेका छन् भने कतिले मेकिङ, क्लाइमेक्सको सस्पेन्स र कलाकारको अभिनय रुचाइएका छन्। यही कारण हलमा दर्शक पनि बढिरहेका हुन् ।

यस्तै, नेपालपछि अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन भएको यो फिल्मलाई विदेशी दर्शकहरुले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् । यो फिल्मले अष्ट्रेलियामा समेत हाउसफुलको निरन्तरता पाइरहेको छ । दर्शकले अगस्त्य च्याप्टर १ हेरेर निस्कँदै गर्दा फिल्मको अन्त्यतिर को हो गणेश ? भन्ने सस्पेन्सले दर्शकहरू माझ थप एक खालको चासोको विषय बनाइदिएको पाइन्छ ।

यतिबेला हलमा स्वदेशी र विदेशी सहित ६ फिल्मसँग प्रतिस्पर्धा गरिरहेको छ । यसका बावजूद पनि फिल्म व्यापारमा कमजोर देखिएको छैन । दोस्रो हप्तामा देशभरका हलमा फिल्मको अकुपेन्सी ७० प्रतिशतमाथि रहेको छ । कति हलहरुले अन्य फिल्मलाई भन्दा बढी शोज ‘अगस्त्य’ लाई प्रदान गरेका छन् । देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई देशभर १९ शो दिएको छ । कमजोर समीक्षा पाउँदा पनि फिल्मको व्यापार स्थिर रहनु निर्माण टिमका लागि ठूलो जीत देखिएको छ । विशेषगरी फिल्मले युवापुस्तालाई हलमा तानेको देखिन्छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म ‘अगस्त्य’ हेर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आफ्नो टिम सहित शनिबार बेलुकी दरबारमार्गमा रहेको क्यूएफएक्स हलमा पुगेका थिए । फिल्म हेरेर मेयर बालेनले निर्देशकको चौधरीको सोच, कलाकारहरुले गरेको मेहेनत र छायांकन पक्षको प्रशंसा गर्दै राम्रो लागेको प्रतिक्रिया दिएका थिए ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ । दर्शकबाट पाएको उत्सपूर्वक प्रतिक्रिया र व्यापार राम्रो भएपछि निर्माण पक्ष ‘च्याप्टर २’का लागि उत्साहित भएको छ । जसलाई सन् २०२६ भित्र सार्वजनिक प्रदर्शन गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 March 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू