‘डन ३’मा कियाराको पारिश्रमिक १३ करोड

‘डन ३’मा कियाराको पारिश्रमिक १३ करोड : Icon Khabar

काठमाडौं, फागुन २९ । बलिउड नायिका कियारा आडवाणीले नयाँ फिल्म ‘डन ३’का लागि महँगो पारिश्रमिक बुझेकी छिन् ।

भारतीय मिडियाका अनुसार, यो फिल्मका लागि कियाराले १३ करोड पारिश्रमिक बुझेकी हुन् । कियाराले हालसम्म बुझेको मध्ये यो उच्च पारिश्रमिक हो ।

फरहान अख्तरको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा छन् । नायक साहरुख खानले तेस्रो सिरिजमा काम गर्न अस्विकार गरेपछि निर्माणपक्षले रणवीरलाई अनुबन्धित गरेको हो ।

बलिउडमा कियाराको राम्रो क्रेज छ । उनले अभिनय गरेका फिल्महरूले पनि व्यवसायीक रुपमा सफलता पाइरहेका छन् । यसैले, उनले यो फिल्मका लागि महँगो पारिश्रमिक लिएकी हुन् ।

यसअघि ‘डन र डन २’मा नायिका प्रियंका चोपडाले अभिनय गरेकी थिइन् ।

Published Date: 12 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास