स्वास्थ्य बिमा अन्तर्गत निजी अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने

स्वास्थ्य बिमा अन्तर्गत निजी अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने : Icon Khabar

काठमाडौं, फागुन २९ । स्वास्थ्य बिमा बोर्डले निजी र सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने जनाएको छ ।

स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरेर अबदेखि बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुेपर्ने बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले राससलाई जानकारी दिए ।

उनका अनुसार सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने हुन्छ । यसअघि गत माघ १ गतेदेखि सरकारी, निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्दा १० प्रतिशत रकम तिर्ने व्यवस्था गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
3
Published Date: 12 March 2024
Website | + posts






ताजा
नीलबाराही मन्दिर परिसरमा भुक्षय रोकथामका लागि श्रमदान, हजारौंको उत्साहजनक सहभागिता
अक्सफोर्ड प्राक्टिकल स्कूलमा कक्षा ११ व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुला
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि








ट्रेन्डिङ
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न