प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप : Icon Khabar

काठमाडौँ, फागुन २८ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । सोमबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सबै सांसदहरूका नाममा पत्र लेख्दै प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको विपक्षमा मतदानका लागि ह्विप जारी गरेका हुन् ।

फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन पनि कांग्रेसले आफ्ना सांसदहरूलाई आग्रह गरेको छ। प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन्।

‘प्रधानमन्त्री दाहालले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्वीप) जारी गरिएको छ,’ लेखकले ह्वीपमा भनेका छन्।

गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन त्याग्दै २०७९ पुस १० गते बनेको एमालेसहितको नयाँ गठबन्धन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 March 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू