राष्ट्रिय सभा अध्यक्षमा माओवादीका दाहाल र कांग्रेसका शर्माले गरे उम्मेदवारी दर्ता

राष्ट्रिय सभा अध्यक्षमा माओवादीका दाहाल र कांग्रेसका शर्माले गरे उम्मेदवारी दर्ता : Icon Khabar

काठमाडौँ, फागुन २८ । ​राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ। संघीय संदव भवन नयाँ बानेश्वरमा सत्ता पक्षबाट माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाल र नेपाली कांग्रेसबाट युवाराज शर्माले उम्मेदवारी दर्ता गराएका हुन्।

दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादर सार्की अछामी रहेका छन् भने समर्थकमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद रहेका छन्।

यसैगरीका उम्मेदवार शर्माको प्रस्तावका आनन्दपं्रसाद ढुंगाना रहेका छन् भने समर्थकमा किरणबाबु श्रेष्ठ र लोसपाका शेखरकुमार सिंह रहेका छन्।

राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले उम्मेदवारी दिएका हुन्। निर्वाचन कार्यतालिका अनुसार आज साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। भोलि मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका छ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम अध्यक्षको निर्वाचन मिति तोकिएपछि सोही नियमावलीको नियम ७ को उपनियम १ अनुसार आइतबार संसद् सचिवालयले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गरेको छ। अध्यक्ष पद यही फागुन २१ गतेदेखि रिक्त छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 March 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू