राष्ट्रिय सभा अध्यक्षमा माओवादीका दाहाल र कांग्रेसका शर्माले गरे उम्मेदवारी दर्ता

राष्ट्रिय सभा अध्यक्षमा माओवादीका दाहाल र कांग्रेसका शर्माले गरे उम्मेदवारी दर्ता : Icon Khabar

काठमाडौँ, फागुन २८ । ​राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ। संघीय संदव भवन नयाँ बानेश्वरमा सत्ता पक्षबाट माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाल र नेपाली कांग्रेसबाट युवाराज शर्माले उम्मेदवारी दर्ता गराएका हुन्।

दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादर सार्की अछामी रहेका छन् भने समर्थकमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद रहेका छन्।

यसैगरीका उम्मेदवार शर्माको प्रस्तावका आनन्दपं्रसाद ढुंगाना रहेका छन् भने समर्थकमा किरणबाबु श्रेष्ठ र लोसपाका शेखरकुमार सिंह रहेका छन्।

राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले उम्मेदवारी दिएका हुन्। निर्वाचन कार्यतालिका अनुसार आज साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। भोलि मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका छ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम अध्यक्षको निर्वाचन मिति तोकिएपछि सोही नियमावलीको नियम ७ को उपनियम १ अनुसार आइतबार संसद् सचिवालयले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गरेको छ। अध्यक्ष पद यही फागुन २१ गतेदेखि रिक्त छ।

Published Date: 11 March 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु