ओस्कारको स्टेजमा जोन सिना नांगिएपछि हंगामा

ओस्कारको स्टेजमा जोन सिना नांगिएपछि हंगामा : Icon Khabar

काठमाडौँ, फागुन २८ । विश्वकै प्रतिष्ठित ओस्कार अवार्डको ९६ औं सँस्करण अमेरिकामा आयोजना भएको छ । तर, अवार्ड समारोहमा हलिउडका चर्चित कलाकार तथा रेस्लर जोन सिना नांगिएर स्टेजमा पुगेपछि भने हंगामा भएको छ ।

उनी, स्टेजमा उत्कृष्ट कस्ट्यूम डिजाइनको अवार्ड दिन पुगेका थिए । लगभग नांगिएर स्टेजमा पुगेपछि उपस्थित अतिथीहरुमा हाँसो छुटेको थियो ।

यो तस्वीर सामाजिक संजालमा भाइरल भइरहेको छ । उनले, लुगा महत्वपूर्ण भएको पनि बताए । अस्कर अवार्डमा पहिरनको विधामा अवार्ड वितरणका लागि यो फन्डा अपनाइएको थियो ।

अवार्ड वितरण गर्नु अगाडि स्टेजको बत्ती मधुरो बनाइएको थियो । यसपछि, उनले पर्दाले शरीर ढाकेपछि मञ्चमा उज्यालो पारिएको थियो । यो विधामा अवार्ड ‘पुअर थिंग्स’ले प्राप्त गरे ।

Published Date: 11 March 2024




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न