झापाको भगवती प्लाइ उद्योगमा भीषण आगलागी, १० दमकल आगो निभाउने प्रयासमा

झापाको भगवती प्लाइ उद्योगमा भीषण आगलागी, १० दमकल आगो निभाउने प्रयासमा : Icon Khabar

झापा, फागुन २८ । झापाको भगवती लेमिनेट्स प्रालिमा भीषण आगलागी भएको छ । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा बिहान पाँच बजेदेखि सुरू भएको आगलागी अहिलेसम्म नियन्त्रणमा लिन सकिएको छैन ।

आगो निभाउन १० वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । आगलागी भएको तीन घण्टा भइसक्दा समेत आगो नियन्त्रणमा आएको छैन । अहिले भित्रि भागमा आगो बलिरहेको छ । सुरक्षाकर्मीहरू दमकलको सहायताले आगो निभाउन प्रयासरत छन् । भगवती लेमिनेट्स झापाकै ठूलोमध्येको प्लाइउड उद्योग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 March 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू