राष्ट्रियसभा अध्यक्ष निर्वाचन : आज उम्मेदवारी दर्ता

राष्ट्रियसभा अध्यक्ष निर्वाचन : आज उम्मेदवारी दर्ता : Icon Khabar

 ​काठमाडौँ, फागुन २८ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।

संघीय संसद् सचिवालयले भोली फागुन २९ गते लागि सार्वजनिक गरेको निर्वाचनको तालिका अनुसार आज बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र रहेको संसद् भवनको ल्होत्से हलमा उम्मेदवारी दर्ताको समय तोकिएको छ।

राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले उम्मेदवार तय गरेका छन्। अध्यक्षका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाउने भएको छ।

निर्वाचन कार्यतालिका अनुसार आज साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। भोलि मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका छ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम अध्यक्षको निर्वाचन मिति तोकिएपछि सोही नियमावलीको नियम ७ को उपनियम १ अनुसार आइतबार संसद् सचिवालयले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गरेको छ। अध्यक्ष पद यही फागुन २१ गतेदेखि रिक्त छ।

Published Date: 11 March 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय