कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा र उपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिने

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा र उपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिने : Icon Khabar

काठमाडाैँ, फागुन २६ । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा आज (शनिबार) बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

विपक्षमा रहेका दललाई कांग्रेसलाई सहयोग गर्न आग्रह गर्ने निर्णय पनि बैठकले गरेको कांग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिएका छन् । कसलाई उम्मेदवार बनाउने त्यो भने निर्णय गर्न बाँकी रहेको उनले जानकारी दिए । यसका लागि भोलिबाट छलफल सुरु गर्ने उनको भनाइ छ । यही फागुन २९ गतेका लागि राष्ट्रियसभा अध्यक्षको निर्वाचनको मिति घोषणा गर्ने तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 March 2024
Website | + posts




ताजा
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ