बाबरको सानदार शतकमा हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य

बाबरको सानदार शतकमा हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य : Icon Khabar

काठमाडाैँ, फागुन २६ । अनुभवी ब्याटर बाबर हायातको विष्फोटक शतकमा हङकङले फ्रेन्डसिप कपमा नेपाललाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ ।

कमजोर सुरुवात पाएको हङकङले बाबरको आक्रामक ब्याटिङ सँगै २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन जोड्यो । अन्तिम ओभरमा आउट हुनुअघि बाबरले ४९ बलमा १ सय १० रन जोडे । उनले ३ चौका र १३ छक्का प्रहार गरे ।

९ ओभरको समाप्तिमा ६१-२ को स्थितिमा रहेको हङकङले त्यसपछि आक्रामक ब्याटिङगर्दै विशाल लक्ष्य प्रस्तुत गर्यो ।

बाबर डेब्यु गरिरहेका आकाश चन्दको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट भए । आकाशले त्यसअघि आफ्नो पहिलो ओभरमै विकेट हात पारेका थिए । उनले पाँचौ ओभरको पाँचौ बलमा सेट ब्याटर मार्टिन कोट्जीको विकेट लिए ।

आकाशको बलमा लामो सट खेल्ने धुनमा मार्टिन प्रतिश जिसीको हातबाट समातिए । उनले २१ बलमा ५ चौका र १ छक्कासहित ३१ रन जोडे । आकाशले पहिलो ओभरमा ५ रन खर्चेर १ विकेट लिएका थिए ।

त्यसअघि नेपाललाई आरिफ शेखले पहिलो सफलता दिलाए । इनिङको सुरुवात गरेका आरिफले तेस्रो ओभरको दोस्रो बलमा निजाकत खानलाई सन्दीप जोराबाट क्याच गराएका थिए । निजाकतले खाता खोल्न सकेनन् ।

त्यसपछि बाबर र अंशुमन रथले ७६ रनको साझेदारी गरे । अंशुमन ३२ बलमा ३ चौका र २ छक्कासहित ३९ रनमा प्रतिश जिसीको शिकार बने । अर्को ओभरमा जेमी एटकिन्सन राशीद खानको बलमा एलबीडब्लु भए ।

त्यसपछि एजाज खानले अधिकांश समय बाबरलाई स्ट्राइक दिएर ९५ रनको साझेदारी गरे । उनी ११ बलमा २ चौका र १ छक्कासहित २१ रनमा नटआउट रहे ।

नेपालका लागि आकाश चन्दले ३ तथा आरिफ, प्रतिश र राशीदले १-१ विकेट लिए ।

नेपालले आज आकाशको डेब्युसँगै तीव्र गतिका बलर राशीद खान, स्पिनर सागर ढकाल र विकेत्किपर विनोद भण्डारीलाई खेलाएको छ । आकाशलाई करण केसीले डेब्यु क्याप प्रदान गरेका थिए । आकाशले यसअघि क्यानडाविरुद्ध सिरिजमा एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।

नेपालको प्लेइङ-११ : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विवेक यादव, आरिफ शेख, सन्दीप जोरा, गुलशन झा, विनोद भण्डारी, प्रतिश जिसी, राशीद खान, आकाश चन्द, सागर ढकाल

Published Date: 09 March 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग