बाबरको सानदार शतकमा हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य

बाबरको सानदार शतकमा हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य : Icon Khabar

काठमाडाैँ, फागुन २६ । अनुभवी ब्याटर बाबर हायातको विष्फोटक शतकमा हङकङले फ्रेन्डसिप कपमा नेपाललाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ ।

कमजोर सुरुवात पाएको हङकङले बाबरको आक्रामक ब्याटिङ सँगै २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन जोड्यो । अन्तिम ओभरमा आउट हुनुअघि बाबरले ४९ बलमा १ सय १० रन जोडे । उनले ३ चौका र १३ छक्का प्रहार गरे ।

९ ओभरको समाप्तिमा ६१-२ को स्थितिमा रहेको हङकङले त्यसपछि आक्रामक ब्याटिङगर्दै विशाल लक्ष्य प्रस्तुत गर्यो ।

बाबर डेब्यु गरिरहेका आकाश चन्दको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट भए । आकाशले त्यसअघि आफ्नो पहिलो ओभरमै विकेट हात पारेका थिए । उनले पाँचौ ओभरको पाँचौ बलमा सेट ब्याटर मार्टिन कोट्जीको विकेट लिए ।

आकाशको बलमा लामो सट खेल्ने धुनमा मार्टिन प्रतिश जिसीको हातबाट समातिए । उनले २१ बलमा ५ चौका र १ छक्कासहित ३१ रन जोडे । आकाशले पहिलो ओभरमा ५ रन खर्चेर १ विकेट लिएका थिए ।

त्यसअघि नेपाललाई आरिफ शेखले पहिलो सफलता दिलाए । इनिङको सुरुवात गरेका आरिफले तेस्रो ओभरको दोस्रो बलमा निजाकत खानलाई सन्दीप जोराबाट क्याच गराएका थिए । निजाकतले खाता खोल्न सकेनन् ।

त्यसपछि बाबर र अंशुमन रथले ७६ रनको साझेदारी गरे । अंशुमन ३२ बलमा ३ चौका र २ छक्कासहित ३९ रनमा प्रतिश जिसीको शिकार बने । अर्को ओभरमा जेमी एटकिन्सन राशीद खानको बलमा एलबीडब्लु भए ।

त्यसपछि एजाज खानले अधिकांश समय बाबरलाई स्ट्राइक दिएर ९५ रनको साझेदारी गरे । उनी ११ बलमा २ चौका र १ छक्कासहित २१ रनमा नटआउट रहे ।

नेपालका लागि आकाश चन्दले ३ तथा आरिफ, प्रतिश र राशीदले १-१ विकेट लिए ।

नेपालले आज आकाशको डेब्युसँगै तीव्र गतिका बलर राशीद खान, स्पिनर सागर ढकाल र विकेत्किपर विनोद भण्डारीलाई खेलाएको छ । आकाशलाई करण केसीले डेब्यु क्याप प्रदान गरेका थिए । आकाशले यसअघि क्यानडाविरुद्ध सिरिजमा एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।

नेपालको प्लेइङ-११ : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विवेक यादव, आरिफ शेख, सन्दीप जोरा, गुलशन झा, विनोद भण्डारी, प्रतिश जिसी, राशीद खान, आकाश चन्द, सागर ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 March 2024
Website | + posts