सुगरका बिरामीले के खाने के नखाने ?

सुगरका बिरामीले के खाने के नखाने ? : Icon Khabar

काठमाडौँ, फागुन २६ । सुगरका बिरामीहरुको एउटै साझा प्रश्नहरु हुन्छन्, के खाने? उहाँहरुले भन्नुहुन्छ कि, मैले के खाने? के नखाने? आदि प्रश्नहरु सोध्ने गर्नुहुन्छ। सबै बिरामीलाई एउटै डाइटले काम गर्देन। तपाईको शरीर र काम अनुसार डाइट निर्धारण गर्नुपर्छ। कुन खानामा कति सुगर छ त्यसबारे सबै जान्नुपर्छ। र दैनिक जीवनमा कडा रुपमा लागू गरेमा सुगर घट्नसक्छ।

१ भेजिटेबलः भेजिटेबल्सहरुमा पानीको मात्रा अत्यधिक( ७० देखि ८० प्रतिशतसम्म) हुन्छ भने कार्बोहाइड्रेटको मात्रा १० प्रतिशतसम्म हुन्छ। तर केही भेजिटेबल्सहरु जस्तैः जमिनमुनि फलेको आलु, पिँडालु, सखरखण्डहरुमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ। यस्ता खानेकुराहरु कम गर्नुपर्छ

२ फलफुलः फलफुलमा पनि केही धेरै मात्रामा कार्बोहाइड्रेट हुन्छ भने केहीमा कम हुन्छ। जस्तै अम्बा, अनारमा कार्बोहाइड्रेट कम हुन्छ भने केरा र आँपमामा बढी हुन्छ।

३ अन्नः अन्न हामीले मुख्य खानेकुरा हो। जस्तै भात, रोटी, चिउरा आदि। यीनीहरुमध्य पनि भातमा अत्यधिक मात्रामा कार्बोहाईड्रेट हुन्छ। यी सबै कार्बोहाइड्रेट बढी हुने खानेकुरा हुन्। तर हामी भात भन्दा रोटी राम्रो, भात भन्दा रोटी खानु राम्रो हुन्छ भन्छौ तर रोटी पनि पेटभरि खानुभयो भने सुगर बढ्न सक्छ।

४ मकै: मकैले पनि सुगर बढाउन सक्छ। अर्को दाल पनि सुगर बढाउने खानेकुरा हो। त्यसैले दाल पनि मात्रा मिलाएर खानुपर्छ।

५ प्रोटीनः अण्डा माछा मासुले प्रत्यक्ष रुपमा सुगर बढाउँदैन। तर यसको पनि मात्रा मिलाएर स्वच्छ खानुपर्छ। धेरै बोसोयुक्त मासु खाँदा कोलेस्ट्रल लगाएतका समस्याहरु बढ्न सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 March 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने