सुगरका बिरामीले के खाने के नखाने ?

सुगरका बिरामीले के खाने के नखाने ? : Icon Khabar

काठमाडौँ, फागुन २६ । सुगरका बिरामीहरुको एउटै साझा प्रश्नहरु हुन्छन्, के खाने? उहाँहरुले भन्नुहुन्छ कि, मैले के खाने? के नखाने? आदि प्रश्नहरु सोध्ने गर्नुहुन्छ। सबै बिरामीलाई एउटै डाइटले काम गर्देन। तपाईको शरीर र काम अनुसार डाइट निर्धारण गर्नुपर्छ। कुन खानामा कति सुगर छ त्यसबारे सबै जान्नुपर्छ। र दैनिक जीवनमा कडा रुपमा लागू गरेमा सुगर घट्नसक्छ।

१ भेजिटेबलः भेजिटेबल्सहरुमा पानीको मात्रा अत्यधिक( ७० देखि ८० प्रतिशतसम्म) हुन्छ भने कार्बोहाइड्रेटको मात्रा १० प्रतिशतसम्म हुन्छ। तर केही भेजिटेबल्सहरु जस्तैः जमिनमुनि फलेको आलु, पिँडालु, सखरखण्डहरुमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ। यस्ता खानेकुराहरु कम गर्नुपर्छ

२ फलफुलः फलफुलमा पनि केही धेरै मात्रामा कार्बोहाइड्रेट हुन्छ भने केहीमा कम हुन्छ। जस्तै अम्बा, अनारमा कार्बोहाइड्रेट कम हुन्छ भने केरा र आँपमामा बढी हुन्छ।

३ अन्नः अन्न हामीले मुख्य खानेकुरा हो। जस्तै भात, रोटी, चिउरा आदि। यीनीहरुमध्य पनि भातमा अत्यधिक मात्रामा कार्बोहाईड्रेट हुन्छ। यी सबै कार्बोहाइड्रेट बढी हुने खानेकुरा हुन्। तर हामी भात भन्दा रोटी राम्रो, भात भन्दा रोटी खानु राम्रो हुन्छ भन्छौ तर रोटी पनि पेटभरि खानुभयो भने सुगर बढ्न सक्छ।

४ मकै: मकैले पनि सुगर बढाउन सक्छ। अर्को दाल पनि सुगर बढाउने खानेकुरा हो। त्यसैले दाल पनि मात्रा मिलाएर खानुपर्छ।

५ प्रोटीनः अण्डा माछा मासुले प्रत्यक्ष रुपमा सुगर बढाउँदैन। तर यसको पनि मात्रा मिलाएर स्वच्छ खानुपर्छ। धेरै बोसोयुक्त मासु खाँदा कोलेस्ट्रल लगाएतका समस्याहरु बढ्न सक्छन्।

Published Date: 09 March 2024


ताजा
आज आइतबारको राशिफल
भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्यायो घुम्ती शौचालय, नगरवासी र पर्यटकलाई सहज
७ हजारमा एलपी ग्यास बिक्री गरेको आरोपमा भक्तपुरका तुलसीराम त्वयना पक्राउ
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु