बालुवाटारमा नयाँ गठबन्धन दलको बैठक, आजै मन्त्रिपरिषद गठन

बालुवाटारमा नयाँ गठबन्धन दलको बैठक, आजै मन्त्रिपरिषद गठन : Icon Khabar

काठमाडौ, फागुन २१ । बालुवाटारमा नयाँ गठबन्धन दलको वैठक चलिरहेको छ । नयाँ गठबन्धनमा चार दल भए पनि अहिले वैठकमा तीन दलको सहभागिता रहेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ । पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एक–एकजना जनाले आजै मन्त्रीमा शपथ लिने तयारी गरेका हुन्। नयाँ मन्त्रिमण्डल गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा एमाले, माओवादी र रास्वपाको बैठक जारी छ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर शंकर पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी रहेका छन् । एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ । माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी छ । अहिलेको बैठकमा जनता समाजवादी पार्टी जसपा बैठकमा सहभागी छैन् । यद्यपी उसले आकस्मिक बैठक बोलाएको छ ।

Published Date: 04 March 2024


ताजा
बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
आज बिहीबारको राशिफल
मन्त्री र मुख्यसचिवसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली