बालुवाटारमा नयाँ गठबन्धन दलको बैठक, आजै मन्त्रिपरिषद गठन

बालुवाटारमा नयाँ गठबन्धन दलको बैठक, आजै मन्त्रिपरिषद गठन : Icon Khabar

काठमाडौ, फागुन २१ । बालुवाटारमा नयाँ गठबन्धन दलको वैठक चलिरहेको छ । नयाँ गठबन्धनमा चार दल भए पनि अहिले वैठकमा तीन दलको सहभागिता रहेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ । पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एक–एकजना जनाले आजै मन्त्रीमा शपथ लिने तयारी गरेका हुन्। नयाँ मन्त्रिमण्डल गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा एमाले, माओवादी र रास्वपाको बैठक जारी छ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर शंकर पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी रहेका छन् । एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ । माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी छ । अहिलेको बैठकमा जनता समाजवादी पार्टी जसपा बैठकमा सहभागी छैन् । यद्यपी उसले आकस्मिक बैठक बोलाएको छ ।

Published Date: 04 March 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड