शालिन मृत्यु प्रकरण : बलात्कार नभएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि

शालिन मृत्यु प्रकरण : बलात्कार नभएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि : Icon Khabar

काठमाडौँ, फागुन २० । चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टमबाट पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको बताइएको छ ।

चिकित्सहरूले पोष्टमार्टम रिपोर्ट चिवतन प्रहरीलाई हस्तान्तरण गरेका छन् । रिपोर्टमा उनको मृत्युको कारण ‘झुण्डिनु’ उल्लेख गरिएको छ । मृतकका परिवारले उनीमाथि बलात्कार भएको दाबी गरे पनि पोष्टमार्टम रिपोर्टले भने बलात्कार नभएको पुष्टि गरेको हो । रिपोर्टका अनुसार उनको कन्याजाली च्यातिएको छैन ।

यो प्रकरणमा विद्यालयका प्रिन्सिपल, सहायक प्रिन्सिपल र होस्टलका वार्डेनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । पोखरेल होस्टलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । होस्टलमा सुसाइड नोट समेत फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 March 2024
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ