शालिन मृत्यु प्रकरण : बलात्कार नभएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि

शालिन मृत्यु प्रकरण : बलात्कार नभएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि : Icon Khabar

काठमाडौँ, फागुन २० । चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टमबाट पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको बताइएको छ ।

चिकित्सहरूले पोष्टमार्टम रिपोर्ट चिवतन प्रहरीलाई हस्तान्तरण गरेका छन् । रिपोर्टमा उनको मृत्युको कारण ‘झुण्डिनु’ उल्लेख गरिएको छ । मृतकका परिवारले उनीमाथि बलात्कार भएको दाबी गरे पनि पोष्टमार्टम रिपोर्टले भने बलात्कार नभएको पुष्टि गरेको हो । रिपोर्टका अनुसार उनको कन्याजाली च्यातिएको छैन ।

यो प्रकरणमा विद्यालयका प्रिन्सिपल, सहायक प्रिन्सिपल र होस्टलका वार्डेनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । पोखरेल होस्टलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । होस्टलमा सुसाइड नोट समेत फेला परेको प्रहरीले जनाएको छ ।

Published Date: 03 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास