आर्थिक मन्दीमा फसेको इजिप्टले बेच्यो ‘रस अल हिक्मा’ शहर

आर्थिक मन्दीमा फसेको इजिप्टले बेच्यो ‘रस अल हिक्मा’ शहर : Icon Khabar

काठमाडौँ, फागुन २० । आर्थिक मन्दी र गरिबीसँग लडिरहेको इजिप्ट सरकारले आफ्ना प्रमुख सहरहरू एक–एक गरेर बेच्न बाध्य भएको छ । यसै शृङ्खलामा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले आफ्नो मुख्य सहर ‘रस अल हिक्मा’ पनि बेचेका छन्, जसलाई पृथ्वीको स्वर्ग भनिन्छ ।

इजिप्टको यो ऐतिहासिक सहर अरू कुनै देशले होइन, मुस्लिम राष्ट्रले किनेको हो । यो देशको नाम युएइ हो। युएईले ३५ अर्ब डलर खर्चेर ‘रस अल हिक्मा’ खरिद गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । । ‘रास अल हिक्मा’ समुन्द्रको किनारमा अवस्थित अति सुन्दर सहर हो । यद्यपि, यो शहर इजिप्टले बेच्न बाध्य भयो । ‘रास अल हिक्मा’ पर्यटकको मनपर्ने ठाउँको रूपमा पनि प्रसिद्ध छ ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने इजिप्टले यो सहर खरिद गरेपछि युएईले छिट्टै यहाँ धेरै प्रोजेक्टमा काम सुरु गर्ने भएको छ । यहाँ युएईले करिब १५० अर्ब डलरको लगानी योजना बनाएको छ । यस मेगा प्रोजेक्टमा इजिप्टको पनि ३५ प्रतिशत शेयर छ । यदि यो योजना सफल भयो भने यो इजिप्टको इतिहासमा सबैभन्दा ठूलो विदेशी लगानी हुनेछ । युएई बाहेक साउदी अरेबिया र कतारले पनि इजिप्टका धेरै शहर खरिद गर्न चासो देखाएका छन् ।

इजिप्टको वर्तमान आर्थिक अवस्था निकै दयनीय छ । जसका कारण ठूला शहरहरु बेच्न बाध्य भइरहेका छन् । वर्तमान सरकारले अन्य मुलुकबाट पनि ऋण लिएको छैन । भर्खरै इजिप्टले साउदी अरेबिया र युएई जस्ता देशसँग ऋणको लागि अनुरोध गरेको थियो तर ती दुवै देशले निराश बनाएका थिए ।

Published Date: 03 March 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय