त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको फाइनल पुग्न आज नेदरल्याण्ड्स र नामिबिया भिड्दै

त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको फाइनल पुग्न आज नेदरल्याण्ड्स र नामिबिया भिड्दै : Icon Khabar

काठमाडौँ, फागुन २० । त्रिकोणात्मक टी–२० सिरिजमा आज (आइतबार) नामिबिया र नेदरल्याण्डसबीच खेल हुँदैछ । खेल त्रिवि मैदानमा बिहान ११ः३० बजेदेखि शुरु हुनेछ । सिरिजमा नेदरल्याण्डले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र अहिले अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै नेपालले ४ खेलमा २ जितसहित ४ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै नामिबियाले ३ खेलमा २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ । अब फाइनल पुग्ने दुई देशको टुंगो यस खेलपछि मात्र लाग्ने भएको छ । हिजो भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा पुगिसकेको छ ।

शुरुको दुई खेलमा लगातार हारेको नेपाल पछिल्ला दुई खेल जितेर फाइनलमा पुगेको हो । नेपाल ४ खेलमा ४ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । समान ४ अङ्क रहेको नेदरल्याण्ड्स पहिलो र नामिबिया २ अङकसहित तेस्रो स्थानमा छ । फाइनल खेल पर्सी मंगलवार हुनेछ ।

Published Date: 03 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास