त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको फाइनल पुग्न आज नेदरल्याण्ड्स र नामिबिया भिड्दै

त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको फाइनल पुग्न आज नेदरल्याण्ड्स र नामिबिया भिड्दै : Icon Khabar

काठमाडौँ, फागुन २० । त्रिकोणात्मक टी–२० सिरिजमा आज (आइतबार) नामिबिया र नेदरल्याण्डसबीच खेल हुँदैछ । खेल त्रिवि मैदानमा बिहान ११ः३० बजेदेखि शुरु हुनेछ । सिरिजमा नेदरल्याण्डले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र अहिले अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै नेपालले ४ खेलमा २ जितसहित ४ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै नामिबियाले ३ खेलमा २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ । अब फाइनल पुग्ने दुई देशको टुंगो यस खेलपछि मात्र लाग्ने भएको छ । हिजो भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा पुगिसकेको छ ।

शुरुको दुई खेलमा लगातार हारेको नेपाल पछिल्ला दुई खेल जितेर फाइनलमा पुगेको हो । नेपाल ४ खेलमा ४ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । समान ४ अङ्क रहेको नेदरल्याण्ड्स पहिलो र नामिबिया २ अङकसहित तेस्रो स्थानमा छ । फाइनल खेल पर्सी मंगलवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 March 2024
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ