समस्याग्रस्त घोषित सहकारीका बचतकर्तालाई ३५ दिने सूचना

समस्याग्रस्त घोषित सहकारीका बचतकर्तालाई ३५ दिने सूचना : Icon Khabar

काठमाडौँ, फागुन २० । समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी, कृषि बहुउद्देश्यीय सहकारी र कान्तिपुर बचत तथा ऋण सहकारीका बचतकर्तालाई ३५ दिनभित्र माग दाबी गर्नुपर्ने भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले यी तीनै सहकारीका बचतकर्तालाई अनलाइनमार्फत माग दाबी पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

कार्यालयले जारी गरेको सूचनामा समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी, कृषि बहुउद्देश्यीय सहकारी र कान्तिपुर बचत तथा ऋण सहकारीका बचतकर्तालाई ३५ दिनभित्र मागदाबी गर्न भनिएको हो ।

बचतकर्ताको रकम फिर्ता गर्न नसकी समस्यामा परेका यी सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत भदौ २५ गते समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरेको थियो ।

यी तीनै सहकारीलाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि समितिमा आएको थियो ।

सोहीबमोजिम समस्याग्रस्त संस्था वा सङ्घका सदस्य बचतकर्ता तथा साहुलाई आफूले पाउनुपर्ने रकम समितिको वेबसाइटमा गई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनलाइनमार्फत सप्रमाणसहित माग दाबी पेस गर्न समितिले सूचित गरेको छ ।

https://coopmc.gov.np/detail/domain-menu/2232?parent=1994

Published Date: 03 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास