वरिष्ठ साहित्यकार धनमान श्रेष्ठको कथासंग्रह “टाढाको सम्झाना” सार्वजनिक

वरिष्ठ साहित्यकार धनमान श्रेष्ठको कथासंग्रह “टाढाको सम्झाना” सार्वजनिक : Icon Khabar

भक्तपुर, फागुन १९ । वरिष्ठ साहित्यकार तथा जनस्वास्थ्यकर्मी धनमान श्रेष्ठद्वारा लिखित कथासंग्रह “टाढाको सम्झाना” पुन:मुद्रण गरि विमोचन शनिबार एक कार्यक्रमबीच विमोचन भएको छ। विसं २०३२ सालमा प्रकाशित कथासंग्रह “टाढाको सम्झाना” को पुन:मुद्रण गरि आज विमोचन गरिएको हो।

यस कथा संग्रहमा फेरि १० वटा कथाहरू थप गरि पुनः प्रकाशित गरिएको हो। नाट्यकर्मी अशेष मल्लको प्रमुख आतिथ्यतामा भएको सो विमोचन समारोहमा श्रेष्ठद्वारा स्थापित “धनमान लघुकथा पुरस्कार २०८०”द्वारा वरिष्ठ उपन्यासकार, कथाकार पद्मावती सिंहलाई सम्मान गरिएको थियो।

कार्यक्रमा मा डा हिमलाल श्रेष्ठ र ओम श्रेष्ठले सो पुस्तकबारे बोलेका थिए। लघुकथा समाज नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न कथाकार, साहित्यकारहरुको उपस्थिति रहेको थियो।

Published Date: 02 March 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक