आजदेखि सिनेमा हलमा ‘अगस्त्य च्याप्टर १’

आजदेखि सिनेमा हलमा ‘अगस्त्य च्याप्टर १’ : Icon Khabar

काठमाडौँ, फागुन १८ । शुक्रवारदेखि नेपालसँगै विश्वभरका सिनेमा हलहरुमा नयाँ नेपाली फिल्म ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आएको छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म देशभरका १ सय ११ हलमा रिलिजमा आएको हो । आम दर्शक, फिल्मीकर्मी र प्रदर्शकले समेत आशा गरेको यो फिल्मले बिहानीका केही शोजमा राम्रो सुरुवात गरेको निर्माणपक्षले बताएको छ ।

यो फिल्मको बिहिबार बेलुकी ललितपुरको लाबिम मलमा अवस्थित क्यूएफएक्समा प्रिमियर गरिएको छ । प्रिमियरमा कलाकार, प्राविधिक, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरू पुगेका थिए ।

२ घन्टा ५० मिनेट लामो यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । यो फिल्म हेरेपछि अधिकांशले यसको मेकिङ, एक्सन, कथावस्तु भन्ने शैली र कलाकारको अभिनयको खुलेरै तारिफ गरे ।

फिल्म हेर्न पुगेका निर्देशक प्रदीप भट्टराई, नायकहरू सुशील श्रेष्ठ, आर्शीवाद क्षेत्री, कलाकार दिनेश डीसी लगायतले यसको खुलेरै प्रशंसा गरे । नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङमा साथ फिल्म बनेको उनीहरुको भनाई थियो ।

Published Date: 01 March 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय