आजदेखि सिनेमा हलमा ‘अगस्त्य च्याप्टर १’

आजदेखि सिनेमा हलमा ‘अगस्त्य च्याप्टर १’ : Icon Khabar

काठमाडौँ, फागुन १८ । शुक्रवारदेखि नेपालसँगै विश्वभरका सिनेमा हलहरुमा नयाँ नेपाली फिल्म ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आएको छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म देशभरका १ सय ११ हलमा रिलिजमा आएको हो । आम दर्शक, फिल्मीकर्मी र प्रदर्शकले समेत आशा गरेको यो फिल्मले बिहानीका केही शोजमा राम्रो सुरुवात गरेको निर्माणपक्षले बताएको छ ।

यो फिल्मको बिहिबार बेलुकी ललितपुरको लाबिम मलमा अवस्थित क्यूएफएक्समा प्रिमियर गरिएको छ । प्रिमियरमा कलाकार, प्राविधिक, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरू पुगेका थिए ।

२ घन्टा ५० मिनेट लामो यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । यो फिल्म हेरेपछि अधिकांशले यसको मेकिङ, एक्सन, कथावस्तु भन्ने शैली र कलाकारको अभिनयको खुलेरै तारिफ गरे ।

फिल्म हेर्न पुगेका निर्देशक प्रदीप भट्टराई, नायकहरू सुशील श्रेष्ठ, आर्शीवाद क्षेत्री, कलाकार दिनेश डीसी लगायतले यसको खुलेरै प्रशंसा गरे । नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङमा साथ फिल्म बनेको उनीहरुको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 March 2024
Website | + posts






ताजा
देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा हातमा कालोपट्टि बाँधेर सेवा प्रदान
कुलिङ पिरियड हेरफेरसम्बन्धी छानबिन गरिने सभामुख घिमिरेको प्रतिबद्धता
हिन्दी संस्करणको गीत झिम झिमलाई चार दिनमै ११ लाख भन्दा बढी भ्युज प्राप्त
पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँले वृद्धि भएपछि


ट्रेन्डिङ
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
PATA हिमालयन ट्राभल मार्टमा HAB को ऐतिहासिक उपस्थिति
आइकन खबरको आयोजनामा यहि असार १४ गते रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम हुने
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न