पेनाल्टीमा चुक्यो नेपाल, जोर्डनलाई उपाधि

पेनाल्टीमा चुक्यो नेपाल, जोर्डनलाई उपाधि : Icon Khabar

काठमाडौँ, फागुन १८ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा हार बेहोरेको छ ।

साउदी अरबको जेद्दाहमा विहीबार सम्पन्न फाइनलमा नेपाललाई टाइब्रेकरमा पराजित गर्दै जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको हो । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि जोर्डन टाइब्रेकरमा ५-३ ले विजयी भएको हो ।

नेपाल ११ औं पटक फाइनलमा पनि उपाधि जित्न सफल भएन । यसअघि साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदमा पटक पटक चुक्दै आएको नेपालले यसपटक पनि फाइनलमा रोकियो । आमन्त्रित टोलीको रुपमा वाफ खेल्न पुगेको नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो ।

पहिलो हाफमा सविता राना मगरको १-० को अग्रता लिएको नेपाल दोस्रो हाफमा गोल खाएपछि २-१ को स्थितिमा थियो । तर इन्ज्युरी समयमा प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको हो । त्यसपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो ।

टाइब्रेकरमा जोर्डनकी आय अल मजालीले गोल गरेपछि नेपालका लागि गीता रानाले पनि स्कोर बराबरीमा ल्याइन् । त्यसपछि जोर्डनकी कप्तान मायसा बराहले गोल गर्दा दिपा शाहीले टप कर्नरमा पेनाल्टी पुर्याइन् ।

त्यसपछि जोर्डनले लगातार दुई प्रहार गोलमा परिणत गर्दा नेपालको हिरा भुजेलको प्रहार गोल भएपनि अमृता जैशीले गोल गर्न सकिनन् । जोर्डनको पाँचौ प्रहार गोल भएसँगै नेपाल पराजित हुन पुग्यो ।

चौथो मिनेटमा जोर्डनकी कप्तान माएसा जबाराहको प्रहार पोस्टको दिशामा रहेन । सातौं मिनेटमा गिता रानाको लामो फ्रिकिक जोर्डन गोलरक्षक शेरिन अल शलाबेले समात्न नसकेपनि खतरा भने रहेन ।

११औं मिनेटमा सविता राना मगरको क्रसमा अमिषा कार्की नियन्त्रणमा लिनुअघि चिप्लिन पुगिन् । १५औं मिनेटमा रश्मी घिसिङको प्रहार सिधै अल शलाबेको हातमा पुग्यो । १७औं मिनेटमा दीपा शाहीको फ्रिकिक पनि सिधै अल शलाबेको हातमा पुग्यो । अर्को मिनेटमा प्रिती राईको प्रहारमा पनि उनी बाधक बनिन् ।

२९औं मिनेटमा आज पहिलो पटक सुरुवाती ११ मा रहेर खेलिरहेकी सविता राना मगरले नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलको पास जोर्डनले क्लियर गर्न नसकेपछि सविताले बक्सको छेउबाट गरेको प्रहार अल शलाबेको पहुंच भन्दा टाढा जाँदै पोस्टको दिशा लियो ।

६०औं मिनेटमा कर्नरकिकको अन्त्यमा दीपा शाहीको प्रहार सिधै अल शलाबेको हातमा पुग्यो । ६४औं मिनेटमा जाइना हसनले बक्स बाहिरबाट निकै माथि प्रहार गरिन् ।

७२औं मिनेटमा अनिता बस्नेत अग्रता दोब्बर बनाउनबाट निकै नजित पुगेर चुकिन् । रेखा पौडेलको पास बक्सको दायाँ भागमा नियन्त्रणमा लिएर उनले गरेको प्रहार फार पोस्टको थोरै टाढाबाट बाहिरियो ।

७४औं मिनेटमा जोर्डनले खेलमा बराबरी गर्यो । ग्राउन्डको मध्य भागबाट खेलेको लामो पासमा अफसाइड ट्रयाप बिट गर्दै लाना फेरासले गोल गरेर खेल बराबरीमा ल्याइन् । सो गोल भएको बेला प्रिती राई चोटका कारण मैदान बाहिर रहेकाले नेपाल दश जनाले खेलिरहेको थियो ।

त्यसको अर्को मिनेटमा जोर्डन अग्रता लिनबाट चुक्यो । साराह अबु साबाहको बक्स बाहिरबाट लिएको प्रहार क्रसबारमा लागेर फर्कियो । रिबाउन्डमा माएसा जबाहराले बललाई पोस्टमा पठाएपनि उनी अफसाइड भएपछि गोल मान्य भएन ।

८३औं मिनेटमा अयाह अल-मजालीको लामो फ्रिकिक एन्जिलाले समातिन् । ८७औं मिनेटमा जबाहराको हेडर पोस्टको दिशामा रहेन ।

८९औं मिनेटमा जोर्डनले खेलमा दोस्रो गोल गर्यो । साराह अबु साबाहले जबाराहको पास लिएर गिता र दीपालाई छक्याउँदै बक्स भित्रबाट गोल गर्दै जोर्डनलाई अग्रता दिलाइन् ।

९०औं मिनेटमा जोर्डनकी गोलरक्षकले बल फुस्काएपछि बक्सको छेउबाट अनिता बस्नेतले गरेको प्रहारमा उनको चाहेजस्तो सम्पर्क रहन सकेन ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा नेपालले पेनाल्टी पायो । जबाराहले बक्समा ह्याण्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । पेनाल्टीमा गिता रानाले गोल गर्दै नेपालका लागि बराबरी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 March 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू