लफ्टि-इटनको कीर्तिमानी शतकमा नेपाललाई विशाल लक्ष्य

लफ्टि-इटनको कीर्तिमानी शतकमा नेपाललाई विशाल लक्ष्य : Icon Khabar

काठमाडौं, फागुन १५ । जान निकोल लोफ्टि-इटनको विश्व कीर्तिमानी इनिङमा त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत पहिलो खेलमा नामिबियाले नेपाललाई २ सय ७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको हो । नामिबियाको लागि जान निकोल लोफ्टि-इटनले विष्फोटक ब्याटिङ गर्दै सबैभन्दा छिटो शतक पूरा गरे ।

अन्तिम ओभरमा क्याचआउट हुनुअघि उनले ३६ बलमा ११ चौका र ८ छक्कासहित १ सय १ रन जोडे । उनले  ३३ बलमा शतक पूरा गर्दै नेपालका कुशल मल्लले राखेको कीर्तिमान तोडेका थिए । कुशलले सन् २०२३ को १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएका थिए ।

नामिबियाका ओपनर मलान क्रुगरले ४८ बलमा ६ चुअका र २ छक्कासहित नटआउट ५९ रन जोडे । लफ्टि-इटन र क्रुगरले ५४ बलमा १ सय ३५ रनको साझेदारी गरेका थिए । नेपालले अन्तिम ९ ओभरमा १ सय ४० रन खर्चेको थियो ।

ओपनर माइकल भान लिंगेन १९ बलमा २० रन जोड्दै करण केसीको बलमा क्याच आउट भए । छैटौं ओभरमा उनी आउट हुँदा टोलीको ३६ रन थियो । नवौं ओभरमा जेपी कोट्जे ९ बलमा ११ रन जोड्दै पेभेलियन फर्किए । रोहितको बलमा कोट्जे विवेक यादवको उत्कृष्ट क्याचको शिकार बने ।

११ औं ओभरमा जान फ्रिलिंक आउट हुँदा नामिबिया ६२-३ को स्थितिमा थियो । तर त्यसपछि लोफ्टि-इटन र मलान क्रुगरको साझेदारीले नेपाल संकटमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 February 2024
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ