लिग-२ मा नेपालको तेस्रो हार : नेदरल्याण्ड्ससँग आठ विकेटले पराजित

लिग-२ मा नेपालको तेस्रो हार : नेदरल्याण्ड्ससँग आठ विकेटले पराजित : Icon Khabar

काठमाडौं, फागुन १३ । घरेलु टोली नेपाल आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत पहिलो सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध स्तब्ध भएको छ । आइतबार भएको आफ्नो चौथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भएको हो ।

यसअघि पहिलो खेलमा नेदरल्याण्ड्समाथि नेपालले ९ विकेटको सानदार जित दर्ता गरेको थियो । जुन जित नेपालको सिरिजमा पहिलो जित मात्रै बन्यो । यसअघिका दुवै खेलमा नामिवियाविरुद्ध नेपाल पराजित हुन पुगेको थियो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले जितका लागि दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले मात्र २ विकेटको क्षतिमा ३७.५ ओभरमा पूरा गर्न सफल भयो । नेदरल्याण्ड्सका लागि विक्रमजित सिंहले अर्धशतकीय पारी खेले । ९२ बल खेलेका उनलले ७ चौकाको मदतमा ५८ रन जोडे । साथै सिव्रब्न्दले ४६ रन जोडे । उनीहरु दुवै नटआउट रहे ।

यसअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले पहिलो विकेट दिलाएका थिए । उनले आठौं ओभरको चौथो बलमा नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई ३९ रनमा बोल्ड गरेका हुन् । उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै अर्का ‌ओपनर म्याक्स ओुडाउद २८ रन जोडेर आउट भएका छन्। उनलाई नेपालका ललित राजवंशीले पवेलियन फर्काए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनाएको थियाे । नेपालका लागि कुशल भुर्तेलले ९३ बल खेल्दै आठ चौकाको मद्दतमा ६६ रन बनाए । त्यस्तै करण केसीले २६ रन बनाउदा आरिफ शेखले २२ रन जोडे । आसिफ शेखले १७, कप्तान रोहितकुमार पौडेलले १६, अनिल शाहले सात र गुल्शन झा पाँच रन बनाए ।

नेदरल्याण्डसका आर्यन दत्त र भिभियन किङ्ग्माले समान तीन/तीन विकेट लिए । यसैगरी बास डि लिडेले दुई विकेट लिँदा रोलेफ भान डर मर्वेले एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 February 2024
Website | + posts
ताजा
मौसम पूर्वानुमान : कोशी प्रदेशको पहाडी भागमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
आज मंगलबारको राशिफल
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल