लिग-२ मा नेपालको तेस्रो हार : नेदरल्याण्ड्ससँग आठ विकेटले पराजित

लिग-२ मा नेपालको तेस्रो हार : नेदरल्याण्ड्ससँग आठ विकेटले पराजित : Icon Khabar

काठमाडौं, फागुन १३ । घरेलु टोली नेपाल आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत पहिलो सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध स्तब्ध भएको छ । आइतबार भएको आफ्नो चौथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भएको हो ।

यसअघि पहिलो खेलमा नेदरल्याण्ड्समाथि नेपालले ९ विकेटको सानदार जित दर्ता गरेको थियो । जुन जित नेपालको सिरिजमा पहिलो जित मात्रै बन्यो । यसअघिका दुवै खेलमा नामिवियाविरुद्ध नेपाल पराजित हुन पुगेको थियो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले जितका लागि दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले मात्र २ विकेटको क्षतिमा ३७.५ ओभरमा पूरा गर्न सफल भयो । नेदरल्याण्ड्सका लागि विक्रमजित सिंहले अर्धशतकीय पारी खेले । ९२ बल खेलेका उनलले ७ चौकाको मदतमा ५८ रन जोडे । साथै सिव्रब्न्दले ४६ रन जोडे । उनीहरु दुवै नटआउट रहे ।

यसअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले पहिलो विकेट दिलाएका थिए । उनले आठौं ओभरको चौथो बलमा नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई ३९ रनमा बोल्ड गरेका हुन् । उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै अर्का ‌ओपनर म्याक्स ओुडाउद २८ रन जोडेर आउट भएका छन्। उनलाई नेपालका ललित राजवंशीले पवेलियन फर्काए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनाएको थियाे । नेपालका लागि कुशल भुर्तेलले ९३ बल खेल्दै आठ चौकाको मद्दतमा ६६ रन बनाए । त्यस्तै करण केसीले २६ रन बनाउदा आरिफ शेखले २२ रन जोडे । आसिफ शेखले १७, कप्तान रोहितकुमार पौडेलले १६, अनिल शाहले सात र गुल्शन झा पाँच रन बनाए ।

नेदरल्याण्डसका आर्यन दत्त र भिभियन किङ्ग्माले समान तीन/तीन विकेट लिए । यसैगरी बास डि लिडेले दुई विकेट लिँदा रोलेफ भान डर मर्वेले एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 February 2024






ताजा
सोमबार नेप्से परिसूचक ८.१६ अंकले घट्यो
आर्थिक चिन्ता र खाद्य असुरक्षाले मुटुलाई छिटो कमजोर बनाउने सक्ने
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
भक्तपुरमा माघमा १५२ मुद्दा दर्ता, बैंकिङ कसुर सबैभन्दा बढी; ५ जनाको सवारी दुर्घटनामा मृत्यु


ट्रेन्डिङ
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न