डेढ किलो सुनसहित विमानस्थलबाट एक भारतीय महिला पक्राउ

डेढ किलो सुनसहित विमानस्थलबाट एक भारतीय महिला पक्राउ : Icon Khabar

काठमाडौं, फागुन १३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित एक भारतीय महिला पक्राउ परेकी छन् ।

लेपन गरिएको झण्डै सात सय ग्राम र शंकास्पद धुलो रहेको कफीको तीन वटा प्याकेटमा रहेको ७४० ग्राम गरी एक किलो ४४० ग्राम सुनसहित ३७ वर्षीया भारतीय महिला तशलिम सुलताना बुस्ना शनिबार दिउँसो पक्राउ परेकी हुन् ।

दुवईबाट नेपाल एयरलाइन्सको उडानबाट आएकी उनलाई विमानस्थलको आगमन टेनल गेटमा जाँच गर्ने क्रममा सुन फेला परेको हो । प्रहरीले उनलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ ।

Published Date: 25 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास