इलाम र बझाङमा आउँदो वैशाख १५ मा उपनिर्वाचन

इलाम र बझाङमा आउँदो वैशाख १५ मा उपनिर्वाचन : Icon Khabar

काठमाडौं, फागुन १३ । निर्वाचन आयोगले इलाम–२ र बझाङ–१ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसधाअन्तर्गत इलाम–२ र सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१ मा आगामी १५ वैशाखमा उपनिर्वाचन गर्ने आयोगले आइतबबार निर्णय गरेको आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए ।

इलाम–२ मा निर्वाचित सांसद तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ भएकाले उपनिर्वाचन हुन लागेको हो । एमालेबाट निर्वाचित नेम्वाङको गत २६ भदौमा हृदयघातका कारण निधन भएको थियो । बझाङ–१ को प्रदेशसभामा निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंह गत २५ असारमा सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनबारे आयोगको विज्ञप्ति

Published Date: 25 February 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर