इलाम र बझाङमा आउँदो वैशाख १५ मा उपनिर्वाचन

इलाम र बझाङमा आउँदो वैशाख १५ मा उपनिर्वाचन : Icon Khabar

काठमाडौं, फागुन १३ । निर्वाचन आयोगले इलाम–२ र बझाङ–१ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसधाअन्तर्गत इलाम–२ र सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१ मा आगामी १५ वैशाखमा उपनिर्वाचन गर्ने आयोगले आइतबबार निर्णय गरेको आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए ।

इलाम–२ मा निर्वाचित सांसद तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ भएकाले उपनिर्वाचन हुन लागेको हो । एमालेबाट निर्वाचित नेम्वाङको गत २६ भदौमा हृदयघातका कारण निधन भएको थियो । बझाङ–१ को प्रदेशसभामा निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंह गत २५ असारमा सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनबारे आयोगको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 February 2024
Website | + posts