नेदरल्यान्ड्सलाई नेपालको सामान्य लक्ष्य

नेदरल्यान्ड्सलाई नेपालको सामान्य लक्ष्य : Icon Khabar

काठमाडौं, फागुन १३ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्ससमक्ष १ सय ७३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि १ सय ७२ रन जोड्यो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतक जोड्दै महत्त्वपूर्ण इनिङ खेले । तल्लोक्रममा करण केसीले आक्रामक इनिङ र आरिफ शेखले संयमित ब्याटिङ गर्दा नेपाल सामान्य स्कोरसम्म पुगेको थियो ।

पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ४२ रनको साझेदारी गरेका थिए । त्यसपछि नेपालले लगातार विकेट गुमाउँदा सोही साझेदारी नेपालको इनिङको सर्वाधिक रह्यो । कुशलले सातौं विकेटको रुपमा आउट हुनुअघि ९३ बलमा ८ चौकासहित सर्वाधिक ६६ रनको योगदान दिए ।

नवौं ओभरको तेस्रो बलमा आसिफ १७ रन जोड्दै आउट भएका थिए । भिभिएन किंग्माको बलमा उनी मिड विकेटमा बास डे लिडको हातबाट समातिए । ११ औं ओभरमा किंग्माले नै अनिल शाहलाई बोल्ड गरे । ११ बलमा १ छक्का प्रहार गरेका उनी ७ रन जोड्दै प्लेड अन भए ।

१३ औं ओभरको अन्तिम बलमा आर्यन दत्तले कुशल मललाई एलबीडब्लु धरापमा पारे । उनले ९ बलमा २ रन जोडे । त्यसबेला नेपाल ५४-३ को स्थितिमा थियो ।

२५ औं ओभरको तेस्रो बलमा कप्तान रोहित पौडेल क्याच आउट भए । उनले ४० बलमा १६ रन बनाए । २८ औं ओभरमा दीपेन्द्र सिंह ऐरी नन स्ट्राइक एण्डमा रहँदा कुशल भुर्तेलको सट बास डे लिडलाई छुँदै स्टम्पमा लाग्दा दुर्भाग्यपूर्ण रनआउट भए । त्यसको २ ओभरमै भीम आउट हुँदा नेपाल ९४-६ को स्थितिमा पुग्यो । भीम खाता नखोली डे लिडको बलमा बोल्ड भए ।

३७ औं ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपाललाई धक्का लाग्यो । कुशल बायाँ हाते स्पिनर रोलफ भान डर मर्वको बलमा क्याच फिर्ता दिँदै पेभेलियन फर्किए । ४३ औं ओभरमा गुलशन झा ५ रन जोड्दै आर्यन दत्तको बलमा क्याच आउट भए ।

आरिफ शेखले ५० बलमा २२ रन जोडे । उनी किंग्माको बलमा ४९ औं ओभरमा क्याच आउट भए । करण केसी २७ बलमा १ चौका र २ छक्कासहित २६ रन जोड्दै अन्तिम विकेटको रुपमा आउट भए । उनी लामो सट खेल्ने धुनमा लङ अनमा समातिए ।

नेदरल्यान्ड्सका लागि स्पिनर आर्यन दत्तले ३ तथा रोलफ भान डर मर्वले १ विकेट लिए । पेस बलर भिभिएन किंग्माले ३ र बास डे लिडले २ विकेट हात पारे ।

नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएसँगै नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो । आज नेपाली टोलीमा दुई परिवर्तन छ । देव खनाल र सोमपाल कामीले विश्राम पाउँदा गुलशन झा र आरिफ शेख टोलीमा आएका छन् ।

नेदरल्यान्ड्सले पनि टोलीमा एक परिवर्तन गरेको छ । शारिज अहमदको स्थानमा विक्रमजित सिंह टोलीमा आएका छन् । उनको लागि यो सिरिजको पहिलो खेल हो ।

नेपालको प्लेइङ ११:

कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहितकुमार पौडेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी, ललित नारायण राजवंशी

नेदरल्यान्ड्स प्लेइङ ११:

माइकल लेभिट, म्याक्स ओ डाउड, साइब्रान्ड एंगलब्रेक्ट, विक्रमजित सिंह, बास डे लिड, तेजा निदामनुरु, नोआ क्रोस, स्कट एडवार्ड्स, रोलफ भान डर मर्व, आर्यन दत्त, भिभिएन किंग्मा

Published Date: 25 February 2024






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता