साम्बाको ५ गोलमा नेपाल सेमिफाइनलमा, अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा ५० गोल पूरा

साम्बाको ५ गोलमा नेपाल सेमिफाइनलमा, अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा ५० गोल पूरा : Icon Khabar

काठमाडौँ, फागुन ११ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

नेपालको जितमा पाँचै गोल सावित्रा भण्डारी ‘साम्बा’ ले गरिन् । योसँगै उनले नेपालका लागि ५० अन्तर्राष्ट्रि गोल समेत पूरा गरिन् । साम्बाले खेलको १४, १६ र ३७ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। यस्तै ४४ मिनेटमा चौथो गोल गर्दा ७९ मिनेटमा पाँचौ गोल गरिन् ।

समूह चरणको दोस्रो खेलमा नेपालको जितसँगै प्यालेस्टाइनले सिरियालाई हराएपछि समूह बी बाट सेमिफाइनल जाने दुई टोलीको टुंगो लागेको हो । ८ राष्ट्र सम्मिलित प्रतियोगिताको दुवै समुहबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपालले पहिलो खेलमा सिरियालाई ४-१ तथा दोस्रो खेलमा इराकलाई ५-० ले हराउँदै ६ अंक जोडिसकेको छ । यस्तै प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३-० तथा दोस्रो खेलमा सिरियालाई १-० ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो ।

अब समूह चरण अन्तर्गत शनिबार सिरिया र इराक तथा प्यालेस्टाइन र नेपाल खेल्नेछन् । प्यालेस्टाइनले अन्तिम खेलमा नेपाललाई हराए मात्र समूह विजेता बन्नेछ । नेपाललाई भने समूह विजेता बन्न बराबरी पर्याप्त हुनेछ ।

यस्तै अर्को समूहमा ५ पटकको विजेता जोर्डन र लेबनान सेमिफाइनलमा पुगिसकेका छन् । शुक्रबार हुने लेबनान र जोर्डनको खेलले समूह विजेताको छिनोफानो हुनेछ । यस समूहबाट आयोजक साउदी अरब र ग्वाम बाहिरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 February 2024
Website | + posts