साम्बाको ५ गोलमा नेपाल सेमिफाइनलमा, अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा ५० गोल पूरा

साम्बाको ५ गोलमा नेपाल सेमिफाइनलमा, अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा ५० गोल पूरा : Icon Khabar

काठमाडौँ, फागुन ११ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

नेपालको जितमा पाँचै गोल सावित्रा भण्डारी ‘साम्बा’ ले गरिन् । योसँगै उनले नेपालका लागि ५० अन्तर्राष्ट्रि गोल समेत पूरा गरिन् । साम्बाले खेलको १४, १६ र ३७ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। यस्तै ४४ मिनेटमा चौथो गोल गर्दा ७९ मिनेटमा पाँचौ गोल गरिन् ।

समूह चरणको दोस्रो खेलमा नेपालको जितसँगै प्यालेस्टाइनले सिरियालाई हराएपछि समूह बी बाट सेमिफाइनल जाने दुई टोलीको टुंगो लागेको हो । ८ राष्ट्र सम्मिलित प्रतियोगिताको दुवै समुहबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपालले पहिलो खेलमा सिरियालाई ४-१ तथा दोस्रो खेलमा इराकलाई ५-० ले हराउँदै ६ अंक जोडिसकेको छ । यस्तै प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३-० तथा दोस्रो खेलमा सिरियालाई १-० ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो ।

अब समूह चरण अन्तर्गत शनिबार सिरिया र इराक तथा प्यालेस्टाइन र नेपाल खेल्नेछन् । प्यालेस्टाइनले अन्तिम खेलमा नेपाललाई हराए मात्र समूह विजेता बन्नेछ । नेपाललाई भने समूह विजेता बन्न बराबरी पर्याप्त हुनेछ ।

यस्तै अर्को समूहमा ५ पटकको विजेता जोर्डन र लेबनान सेमिफाइनलमा पुगिसकेका छन् । शुक्रबार हुने लेबनान र जोर्डनको खेलले समूह विजेताको छिनोफानो हुनेछ । यस समूहबाट आयोजक साउदी अरब र ग्वाम बाहिरिसकेका छन् ।

Published Date: 23 February 2024


ताजा
आज आइतबारको राशिफल
भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्यायो घुम्ती शौचालय, नगरवासी र पर्यटकलाई सहज
७ हजारमा एलपी ग्यास बिक्री गरेको आरोपमा भक्तपुरका तुलसीराम त्वयना पक्राउ
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु