भक्तपुरमा प्रथम हिसान भक्तपुर कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

भक्तपुरमा प्रथम हिसान भक्तपुर कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन ११ । हिसान भक्तपुर र अक्स्फोर्ड प्राक्टिकल स्कूल, भक्तपुर सल्लाघारी वडा नं १ को सहआयोजना प्रथम हिसान भक्तपुर कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ।

वरिष्ठ गीतकार, कवि तथा मुक्तक लेखक सुवास चन्द्र ढुंगेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा भक्तपुर बुढ्यौली साहित्य समाजका संस्थापक अध्यक्ष कविराज घिमिरे, भक्तपुर बुढ्यौली साहित्य समाजका सचिव तथा अनुशिलन नेपालका संस्थापक अध्यक्ष जीवनाथ अधिकारीले निर्णायकको भूमिका निभाएका थिए। प्रमुख अतिथि ढुंगेलले द्वारा पुरानो धारको लेखन पद्धतिलाई समय सापेक्ष ढाली रचना गर्न सके युवाहरुले साहित्यलाई सहजै सजिलै आत्मसात गर्न सक्ने राय व्यक्त गरेका थिए।

कार्यक्रमामा हिसान भक्तपुरका अध्यक्ष अनिल कसपाल, हिसान भक्तपुरका उपाध्यक्ष तथा सन साइन स्कूलका प्रिन्सिपल निरु ढकाल, प्रशिक्षक तथा लेखक तुल्सीहरी प्रजापति, अक्स्फोर्ड प्राक्टिकल स्कूलका प्रिन्सिपल रवि दुवाल, भक्तपुर बुढ्यौली साहित्य समाजका उपाध्यक्ष दीनानाथ पोखरेलको आथिथ्यता रहेको थियो।

हिसान भक्तपुरका अध्यक्ष कसपालले अक्स्फोर्ड प्राक्टिकल स्कूलको कार्यक्रम व्यवस्थापनको सराहना, विद्यार्थीहरूको शैक्षिक गुणस्तर उन्नतिमा यस्ता लेखन , वाचन, बोल्ने जस्ता कलाहरूको विकास गर्ने कार्यले थप निखारता ल्याउने र हिसान भक्तपुरले आगामी दिनहरुमा यस्ता कार्यक्रमहरुलाई समय सापेक्ष, रुचिकर , सहभागी मुलक हुने खालको बनाउनेमा प्रतिबद्धता ब्यक्त गरेका थिए।

 

सो कार्यक्रममा हिसान भक्तपुरसँग आबद्ध विभिन्न उच्च माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न ४ विषय – बुढ्यौलीपरक, प्रकृतिपरक, युवा सम्बन्धी र राष्ट्रप्रेममा पहिलो चरणमा गोलाप्रथाद्वारा आफैले छानेको विषयमा कार्यक्रम स्थलमा कविता लेखन
र दोस्रो चरणमा कविता वाचन भएको थियो ।

कार्यक्रमा मा मोडर्न स्कूलकी रेशमा खनाल प्रथम, विनायक शिक्षा निकेतनकी ऐशोधा केसी दोश्रो र अक्सफोर्ड स्कुलकी अनामिका बयलकोटी तेश्रो हुन सफल भएका थिए। त्यसैगरी सान्त्वना एस एस स्कूलकी आशा बुढाथोकी भईन्। विजयी प्रतियोगीहरुलाई ट्रफी तथा मेडलबाट सम्मान गरिएको थियो।

कार्यक्रमको संयोजन मनिता नेपाल र संचालन शिव भुजुले गरेका थिए भने अक्सफोर्ड प्राक्टिकल स्कूलका संस्थापक अध्यक्ष राम दुवालको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 February 2024
Website | + posts