भक्तपुरमा कर शिक्षा सम्बन्धि कार्यक्रम सम्पन्न

भक्तपुरमा कर शिक्षा सम्बन्धि कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन ११ । भक्तपुर घरेलु तथा साना उद्योग संघले आन्तरिक राजश्व कार्यालयको सहकार्यकमा संघमा आवद्ध उद्यमीहरुलाई कर शिक्षा अभिमुखिकरण कार्यक्रम संघको सचिवालयमा सम्पन्न गरेको छ।

सो कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत दिलिप गौतमले व्यवसाय गर्न पुर्व सम्बन्धित निकायमा दर्ता गरी स्थायी लेखा नम्बर लिएरमात्र व्यवशाय संचालन गर्नुपर्ने ,सामान खरिद विक्रि गर्दा अनिवार्य विल जारी गर्नुपर्ने, ईस्तमेत विल जारी नगर्ने ,व्यवशाय स्थलमा सवैले देख्ने गरी दर्ता प्रमाण पत्र राख्नुपर्ने र नियमित रुपमा कर तिर्नु पर्ने जस्ता सामन्य ज्ञान राखे जरिवाना तथा कारवाहीबाट बच्ने जानकारी गराए। साथै अहिले आन्तरिक राजश्व कार्यालय पुर्ण रुपमा अन लाईन सिस्टममा गईसकेको हुँदा प्रविधि सम्बन्धि केही ज्ञान भएमा घरमै बसी कर तिर्न र कर चुक्ता लिन सकिने बताए।

कार्यक्रममा कस्ता उद्यमीले प्यानमा कारोबार गर्ने कुन उद्यमीले भ्याटमा जानु पर्ने जस्ता कुराको जानकरी हुँदै जुनसुकै सेवा मूलक उद्योग व्यवसायले २० भन्दा माथिको कारोबार गरिन्छ भने स्वतः भ्याटमा जानु पर्ने तथा दर्ता नभएका वा दर्ता गर्ने नपर्नेसँग सामान ,जसलाई प्रारम्भिक बस्तु खरिद भनिन्छ, खरिद गर्दा खरिद कर्ता स्वयमले खरिद विल बनाउनु पर्ने र खुद्रा व्यापर हुने भ्याटमा दर्ता भएका उद्यमी व्यवसायीले बढीमा १० हजार सम्मको विक्रिलाई एकमुष्ट रुपमा आन्तरिक राजश्व कार्यालयसँगको सहमतिमा बिल काट्न सक्ने जस्ता बिषयका बारेमा पनि चर्चा भएको थियो।

संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाको सभापतित्वमा भएको सो कार्यक्रममा विभिन्न उद्यमीहरुले राखेको जिज्ञासाको उतर मुख्य कर अधिकृत दिलिप गौतम तथा कर अधिकृत दिलिप सरले दिएका थिए।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष विरेन्द्र जतिले कर कार्यालयको नितिगत समस्या र त्यस्ता समस्याहरुको समाधानको लागि भक्तपुरको राजश्व कार्यालयबाट सम्बन्धित निकायमा पहल गर्नु पर्नेकुरामा जोड दिए।

उक्त कार्यक्रममा संघका सचिव श्यामसुन्दर श्रेष्ठ लगायतले संघले सदस्यहरुलाई पुर्याई रहेको सेवा सुविधाबारे जानकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 February 2024
Website | + posts