आज नेपाल ‘ए’ र क्यानडा ११ बीच दोस्रो खेल

आज नेपाल ‘ए’ र क्यानडा ११ बीच दोस्रो खेल : Icon Khabar

काठमाडौँ, फागुन ८ । नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीच हुने तीन खेलको सिरिजको दोस्रो खेल आज हुँदैछ। यो खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९: ३० बजेदेखि शुरु हुने छ।

यस अघि सम्पन्न पहिलो खेलमा क्यानडा-११ ले नेपाल ए लाई ४ विकेटले पराजित गरेको थियो। नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ए टिम बनाएर खेल शुरु गरेको पहिलो पटक हो। क्यानडाले पनि आफ्नो आगामी लिग-२ को तयारी स्वरूप नेपाल ए सँग खेलिरहेको छ।

क्यानडाले यहि फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग-२ को यात्रा शुरु गर्दै छ। नेपाल ए र क्यानडाले तेस्रो खेल २२ फेब्रुअरीमा खेल्ने तालिका रहेको छ। त्यसपछि क्यानडा युएई जाने छ।

क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ।

नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन्।

नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 February 2024
Website | + posts
ताजा
बाढीपहिरोका कारण एक महिनादेखि उत्तरी नाका बन्द भएपछि १७ सय कन्टेनर अलपत्र
ह्वाइट हाउसले सुरू गर्यो आधिकारिक टिकटक खाता
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
प्रधानमन्त्री ओली प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तरमा सहभागी नहुने


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू