आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन ८ । आज २०८० फागुन ८ गते मंगलबार तद्अनुसार २० फेब्रुअरी २०२४ । आज माघ शुक्लपक्षको एकादशी, आद्रा–मृगाशिरा नक्षत्र, प्रीती–योग, राशि–मिथुन, सूर्योदय बिहान ०६ः३९ बजे, सूर्यास्त साँझः ०५ः५९ बजे ।

आजको राशिफल

मेष: स्वास्थ्यमा ध्यान दिनु पर्नेछ । विवादबाट टाढा रहनु होला । भाग्यको साथ रहने छ ।

वृष: यात्रा मनोरञ्जक रहने छ । कुनै मांगलिक कार्यक्रममा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् ।

मिथुन: काममा मन लाग्ने छैन । लेन–देनमा हतार नगर्नु होला । व्यापार–व्यवसाय औषत चल्ने छ ।

कर्कट: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । आर्थिक उन्नतिको प्रयास सफल रहने छ । धनार्जन हुनेछ ।

सिंह: बोलीमा नियन्त्रण राख्नु पर्नेछ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

कन्या: भाग्योन्नतिको प्रयास सफल रहने छ । व्यावसायिक यात्रामा लाभ हुनेछ । अप्रत्याशित लाभ हुनसक्छ ।

तुला: अप्रत्याशित खर्च बढ्ने छ । बोलीमा नियन्त्रण राख्नु होला । ऐश्वर्यमा खर्च हुनेछ ।

वृश्चिक: शुभ समाचार पाइने छ । व्यावसायिक यात्रा लाभदायक रहने छ । मान–सम्मान पाइने छ ।

धनु: आराम गर्ने समय पाइने छ । नयाँ योजना बन्ने छ । सामाजिक कार्य गर्ने प्रेरणा पाइने छ ।

मकर: यात्राले मनोनुकूल लाभ दिनेछ । कसैको व्यवहारबाट स्वाभिमानमा ठेस लाग्ने छ । लाभको अवसर हात पर्नेछ ।

कुम्भ: शारीरिक शिथिलता रहने छ । काममा मन लाग्ने छैन । जागिरमा हाकिमको वचन सुन्नु पर्नेछ ।

मीन: वरिष्ठ व्यक्तिको मार्गदर्शन प्राप्त हनेछ । व्यवसायिक लाभमा वृद्धि हुनेछ । धनार्जन होला।

Published Date: 20 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक