प्रकृतिको अनुपम उपहार हो सुन्दर सहर पोखरा (फोटो फिचर)

प्रकृतिको अनुपम उपहार हो सुन्दर सहर पोखरा (फोटो फिचर) : Icon Khabar

काठमाडौँ, फागुन ६ । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । यसलाई सेती उपत्यका पनि भन्ने गरिन्छ । नेपालकै दोस्रो ठूलो नगरको रूपमा रहेको पोखरा लेखनाथ महानगरपालिका र ४ वटा गाउँपालिका समेत रहेको पोखरा उपत्यकाबाट बिजयपुर, कोत्रे लगायतका खोलाहरू सेती नदीको जलधारामा मिसिएर उपत्यका बाहिर निस्कन्छन् ।

पोखरा उपत्यका तालहरूको दृष्टिकोणले पनि धनी उपत्यका हो । यहाँ फेवा ताल, बेगनास ताल, रूपा ताल, खास्टे ताल लगायतका ठुला तथा मैदी, दिपाङ, कमलपोखरी लगायतका साना तालहरू यो उपत्यका भित्रै रहेका छन् ।

पोखरा तथा लेखनाथ को मुख्य व्यवसाय पर्यटन हो । यहाका रमणीय तालहरू र सेती नदी हिमाली छायां तथा झरनाहरू प्रमुख पर्यटकीय स्थल हुन । फेवा ताल मा पर्ने माछापुछ्रे को छांया तथा बेगनासमा गरीने डुङगा सवारी बिर्सिनसक्नुका छन । साथै अन्नपूर्ण पदयात्रामार्ग पनि यंहीबाट शुरू हुन्छ ।

पोखरा उपत्यका पूर्वमा पृथ्वी राजमार्गका माध्यमले मध्य पहाडी क्षेत्र,काठमाण्डौ उपत्यका मध्य दक्षीणको चितवन उपत्यका तथा पूर्व र पश्चिम नेपालको तराइसँग जोडिएको छ भने सिदार्थ राजमार्गले पोखरालाई पश्चिम तराई, र केही पहाडी जिल्लासंग तथा धवलागिरी राजमार्गले पश्चिम उत्तरी पहाडी हिमाली क्षेत्रसँग जोडेका छन। पोखरा एकदमै रमणीय र रोचक सहर हो।

 

 

Published Date: 18 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास