सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहरिएका माओवादी नेता पुरीलाई चार करोड जरिवाना

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहरिएका माओवादी नेता पुरीलाई चार करोड जरिवाना : Icon Khabar

काठमाडौँ, फागुन ६ । सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहरिएका नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी ‘गगन’ लाई चार करोड तीन लाख ३४ हजार रुपैयाँ जरिवाना सुनाइएको छ ।

विशेष अदालतले यसअघि नै उनलाई दोषी ठहर गर्दै फागुन ६ गतेलाई सजाय निर्धारणका लागि तोकेको थियो । जसअनुसार पुरी र उनकी श्रीमती सीमा भनिने केशावती पुरीलाई चार करोड तीन लाख ३४ हजार ८९४ रुपैयाँ जरिवाना सुनाइएको हो ।

त्यस्तै अभियोगपत्रमा जफत गर्न भनी दाबी गरिएका सम्पत्तिबाट बिगो बराबरका सम्पत्ति जफत हुने फैसलामा उल्लेख गरिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिएका छन् ।

उनीहरुसँग प्रतिवादी बनाइएका मनमाया पुरी र देवकुमार पुरीले भने सफाइ पाएका थिए । कृष्णकुमारी पुरी र संगीता पुरीको नामको जग्गा जफत नहुने फैसला भएको छ । झापाको दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

Published Date: 18 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास