भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्छः सांसद सुवाल

भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्छः सांसद सुवाल : Icon Khabar

काठमाडौँ, फागुन ६ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न नेताहरुलाई सफाइ दिनु नहुने बताएका छन् । आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले सो कुरा बताएका हुन् ।

नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न भिआइपीहरुलाई सफाइ दिन नहुने बताए । उनले संलग्नहरुलाई कारबाही गरी सुशासन कायम गर्नुपर्ने बताए। भारतले नेपाललाई सुक्ष्म व्यवस्थापनका लागि सहयोगको नाममा हात हालिरहेको भन्दै यसतर्फ उनले सरकारको ध्यानाकर्षण गराए । उनले न्यायाधीश भागबण्डाको अन्य हुनुपर्ने बताए ।

उनले भने , ‘भारतसँग नेपालको गोर्खा भर्ती, सुरक्षा मामिला, कालापानीमा भारतीय सेना, सुस्तामा नेपाली भुमि अतिक्रमण, गण्डक, महाकाली, माथिल्लो कर्णालीलगायत सन्धि सम्झौताबारे विवाद यथावत छ । तर भारतकै पैसामा भारततिर प्रधानमन्त्री, मन्त्री, सांसदहरुको भ्रमण भइरहेको छ । नेपालसँग के प्रधानमन्त्री भ्रमण गर्ने समेत पैसा छैन ?’

भारतीय दुताबासबाट सोझै २० करोडको योजना छनौट पनि बन्द हुनुपर्ने उनले बताए । भारतले नेपाललाई सुक्ष्म व्यवस्थापन गर्न सहयोगको नाममा हात हालिरहेको उनले बताए । आफ्नो देशका जनतालाई पहिले हेर्न जरुरी रहेको उनको भनाइ छ ।

यसबारेमा प्रधानमन्त्री सचेत हुनुपर्ने उनले सुझाव दिए । उनले नेपाल स्काउट र रेडक्रसमा भएको भ्रष्टाचार छानविन गर्न पनि माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 February 2024
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने