भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्छः सांसद सुवाल

भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्छः सांसद सुवाल : Icon Khabar

काठमाडौँ, फागुन ६ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न नेताहरुलाई सफाइ दिनु नहुने बताएका छन् । आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले सो कुरा बताएका हुन् ।

नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न भिआइपीहरुलाई सफाइ दिन नहुने बताए । उनले संलग्नहरुलाई कारबाही गरी सुशासन कायम गर्नुपर्ने बताए। भारतले नेपाललाई सुक्ष्म व्यवस्थापनका लागि सहयोगको नाममा हात हालिरहेको भन्दै यसतर्फ उनले सरकारको ध्यानाकर्षण गराए । उनले न्यायाधीश भागबण्डाको अन्य हुनुपर्ने बताए ।

उनले भने , ‘भारतसँग नेपालको गोर्खा भर्ती, सुरक्षा मामिला, कालापानीमा भारतीय सेना, सुस्तामा नेपाली भुमि अतिक्रमण, गण्डक, महाकाली, माथिल्लो कर्णालीलगायत सन्धि सम्झौताबारे विवाद यथावत छ । तर भारतकै पैसामा भारततिर प्रधानमन्त्री, मन्त्री, सांसदहरुको भ्रमण भइरहेको छ । नेपालसँग के प्रधानमन्त्री भ्रमण गर्ने समेत पैसा छैन ?’

भारतीय दुताबासबाट सोझै २० करोडको योजना छनौट पनि बन्द हुनुपर्ने उनले बताए । भारतले नेपाललाई सुक्ष्म व्यवस्थापन गर्न सहयोगको नाममा हात हालिरहेको उनले बताए । आफ्नो देशका जनतालाई पहिले हेर्न जरुरी रहेको उनको भनाइ छ ।

यसबारेमा प्रधानमन्त्री सचेत हुनुपर्ने उनले सुझाव दिए । उनले नेपाल स्काउट र रेडक्रसमा भएको भ्रष्टाचार छानविन गर्न पनि माग गरे ।

Published Date: 18 February 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय