क्यानडालाई नेपाल ‘ए’ को मध्यम लक्ष्य

क्यानडालाई नेपाल ‘ए’ को मध्यम लक्ष्य : Icon Khabar

काठमाडौँ, फागुन ६ । नेपाल ‘ए’ ले क्यानडा-११ विरुद्ध एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा २ सय १७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन जोड्यो । नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रन जोडे । तेस्रो नम्बरमा आएका राशिद खानले ४० रनको योगदान दिए ।

बसिरले अन्तिम बलमा अर्धशतक पूरा गरेका थिए । उनले ५५ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । साहब आलम २ रनमा नटआउट रहे ।

ओपनरद्वय अर्जुन कुमाल र मयन यादवले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । आठौं ओभरको पाँचौ बलमा अर्जुन क्यानडाका कप्तान साद बिन जफरबाट क्याच आउट भए । उनले १४ बलमा ४ रन जोडे ।

पहिलो विकेट खसेपछि भने नेपालको रनगति रोकिएको थियो । १५ औं ओभरमा टिमको स्कोर ५१ रन हुँदा मयन यादव आउट भए । हर्ष ठाकरले मयनलाई कट बिहाइन्ड गराए । उनले ५६ बलमा ४ चौका र १ छक्कासहित ३५ रन जोडे ।

त्यसपछि कप्तान विनोद भण्डारी १८ औं ओभरमा आउट भए । उनी विपक्षी कप्तान सादको बलमा एलबीडब्लू आउट भए । उनले ११ बलमा १ चौकासहित ५ रन बनाए ।

सन्दीप जोरा २४ औं ओभरमा पेभेलियन फर्किए । २५ बलमा २ चौकासहित १४ रन जोडेका उनी शहिद अहमदजाईको बलमा लङ अनमा क्याच आउट भए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका राशीद खानले ६६ बलमा ५ चौकासहित ४० रन जोडे । उनी ३४ औं ओभरमा सादकै बलमा बोल्ड भए । किरण ठगुन्नाले डिलोन हेलिगरको बलमा क्याच आउट हुनुअघि २५ रन बनाए । ३२ बलको सामना गर्दै उनले ३ सुन्दर चौका प्रहार गरे ।

त्यसपछि विवेक र बसिरले ७४ बलमा ५९ रनको साझेदारी गरे । विवेकले ३४ बलमा १ चौका र १ छक्कासहित २१ रन बनाए । उनी सर्ट थर्ड म्यानमा क्याच आउट भए । प्रतिश जिसी ३ बलमा ४ रन जोड्दै मिडविकेटमा क्याचआउट भए ।

क्यानडाका लागि कप्तान सादले १० ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । इश्वरजोत सोधीले २ तथा डिलोन हेलीगर, हर्ष ठाकर र सहिद अहमदजाईले १-१ विकेट हात पारे ।

मुलपानी क्रिकेट मैदानमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालको लागि कप्तान विनोद भण्डारी रहेका छन् ।

नेपालले यू१९ टोलीका ओपनर अर्जुन कुमाललाई ओपनरमा खेलाउँदा मधेश प्रदेशका मयन यादव उनको साथमा आएका थिए । त्यस्तै राशीद खान तेस्रो नम्बरमा आएका थिए ।

नेपालको प्लेइङ११ : विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा

क्यानडा : आरोन जोन्सन, नवनित धलिवल, डिलोन हेलिगर, दिलप्रित बज्वा, हर्ष ठाकर, साद बिन जफर (कप्तान), सहिद अहमदजाई, श्रेयास मोभा, सृमन्थ विजयरत्ने, इश्वरजोत सोहि, निखिल दत्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 February 2024
Website | + posts