एसीसी महिला प्रिमियर कप सेमिफाइनलमा नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

एसीसी महिला प्रिमियर कप सेमिफाइनलमा नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य : Icon Khabar

काठमाडौँ, फागुन ४ । एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेसियासामु १ सय १६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

बायुमास ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १५ रन जोड्यो । नेपालले यो खेल जितेर प्रिमियर कपको फाइनलमा पुगेसँगै महिला एसिया कपमा पनि स्थान बनाउनेछ ।

नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रनको योगदान दिइन् । ओपनर कविता कुँवरले २३ तथा रुविना क्षेत्रीले २० रन जोडिन् । डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको योगदान दिइन् ।

चौथो ओभरमा सीता रानामगर आउट हुँदा नेपाल १०-१ को स्थितिमा थियो । त्यसपछि इन्दु र कविताले ३५ रनको साझेदारी गरे । रन लिने क्रममा समन्वय नहुँदा कविता रनआउट भएकी थिइन् ।

त्यसपछि रुविना र इन्दुले तेस्रो विकेटका लागि ३१ बलमा ३३ रन जोडे । रुविना २ चौका प्रहार गर्दै क्याच आउट भइन् । इन्दु १८ औं ओभरमा ठूलो सट खेल्ने धुनमा स्टम्प्ड आउट भएकी थिइन् ।

नेपालले पछिल्लो खेलबाट टोलीमा दुई परिवर्तन गरेको छ । स्पिनर संगीता राई र उपकप्तान विन्दु रावल टोलीमा आएका छन् । अश्मिना कर्माचार्य र पुजा महतोलाई बाहिर राखिएको छ ।

नेपालको प्लेइङ ११:

कविता कुँवर, सिता रानामगर, इन्दु वर्मा, रुविना क्षेत्री, अप्सरी बेगम, डली भट्ट, कविता जोशी, काजल श्रेष्ठ, विन्दु रावल, रोमा थापा, संगीता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 February 2024
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने