आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्बको बजेट ल्याउने

आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्बको बजेट ल्याउने : Icon Khabar

काठमाडौँ, फागुन ४ । आगामी आर्थिक वर्ष २०८१–८२ को अनुमानित बजेटको आकार घोषणा भएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी दिए।

शुक्रबार मन्त्रालयमा बजेट र बजेट संशोधनका विषयमा थप जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेटको सिलिङ दिएको बताए।

अर्थमन्त्रीले महतले भने, ‘अहिले बजेट खर्चको अनुमान घटाउँदा प्रधानमन्त्रीसँग वृहत् छलफल भएको छ। विषयलाई अतिरञ्जित गरिदिनु भएन ।’ यस्तै राष्ट्रिय योजना आयोगले दिएको सुझावलाई समेत अर्थ मन्त्रालय विशेष अध्ययन र मनन गर्ने अर्थमन्त्रीले बताए ।

चालु आवको बजेटको अर्धवार्षिक समीक्षाले खर्चको अनुमान घट्नु बजेट घटेको अर्थ लगाउन नमिल्ने अर्थमन्त्री महतले बताए।राष्ट्रिय योजना आयोगको सिलिङ भित्र रहेर सरकारले आर्थिक वर्षको बजेट ल्याउनुपर्ने हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 February 2024
Website | + posts