नेपाललाई स्तब्ध पार्दै मलेसिया प्रिमियर कपको फाइनलमा

नेपाललाई स्तब्ध पार्दै मलेसिया प्रिमियर कपको फाइनलमा : Icon Khabar

काठमाडौँ, फागुन ४ । घरेलु टोली मलेसियाले नेपाललाई हराउँदै एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा ४ विकेटको जित दर्ता गर्दै मलेसियाले एसीसी महिला एसिया कपमा पनि स्थान पक्का गरेको छ ।

बायुमास ओभलमा शुक्रबार सम्पन्न खेलमा जितका लागि १ सय १६ रनको लक्ष्य पछ्याएको मलेसियाले अन्तिम ओभरमा जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो । मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाएर आवश्यक रन जोड्यो ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी एल्सा हन्टरले अर्धशतक प्रहार गर्दै अन्त्यसम्म मलेसियालाई खेलमा कायम राखेकी थिइन् । उनले अन्तिम ओभरमा २ चौका प्रहार गर्दै जितसम्म पुर्याइन् । उनले ५३ बलमा ६९ रन जोडिन् । यसक्रममा उनले ६ चौका प्रहार गरेकी थिइन् ।

अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको अवस्थामा पहिलो र तेस्रो बलमा चौका प्रहार गरेकी एल्साले चौथो बलमा २ रन कुदिन् । पाँचौ बलमा १ रन जोड्दै मलेसियाले जित पक्का गर्यो ।

मलेसियाका लागि मास एलिसाले १३ र मरिया इस्माइलले १६ रन जोडे । वान जुलियाले ८ बलमा ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा स्कोर जोड्न सकेनन् ।

इस्माइल र हन्टरले ३६ रनको साझेदारी गर्दै मलेसियालाई बलियो स्थितिमा पुर्याएपनि कविताले इस्माइलको विकेट लिँदै नेपाललाई खेलमा फर्काइन् । तर त्यसपछि एल्साले इनिङ अघि बढाउँदै जित पक्का गरिन् ।

कविता जोशीले एकै ओभरमा २ विकेट लिँदा सीता रानामगरले २ तथा कविता कुँवर र रुविना क्षेत्रीले १-१ विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १५ रन जोड्यो । नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रनको योगदान दिइन् । ओपनर कविता कुँवरले २३ तथा रुविना क्षेत्रीले २० रन जोडिन् । डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको योगदान दिइन् ।

चौथो ओभरमा सीता रानामगर आउट हुँदा नेपाल १०-१ को स्थितिमा थियो । त्यसपछि इन्दु र कविताले ३५ रनको साझेदारी गरे । रन लिने क्रममा समन्वय नहुँदा कविता रनआउट भएकी थिइन् ।

त्यसपछि रुविना र इन्दुले तेस्रो विकेटका लागि ३१ बलमा ३३ रन जोडे । रुविना २ चौका प्रहार गर्दै क्याच आउट भइन् । इन्दु १८ औं ओभरमा ठूलो सट खेल्ने धुनमा स्टम्प्ड आउट भएकी थिइन् ।

नेपालले पछिल्लो खेलबाट टोलीमा दुई परिवर्तन गरेको छ । स्पिनर संगीता राई र उपकप्तान विन्दु रावल टोलीमा आएका छन् । अश्मिना कर्माचार्य र पुजा महतोलाई बाहिर राखिएको छ ।

मलेसियाले अब फाइनलमा यूएईको सामना गर्नेछ । आज सम्पन्न निकै रोमान्चक सेमिफाइनलमा यूएईले ४ रनको जित दर्ता गर्दै प्रिमियर कपको फाइनलमा स्थान पक्का गरेको हो ।

Published Date: 16 February 2024






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा