नाफासँगै घट्यो नेपाल टेलिकमको ईपीएस

नाफासँगै घट्यो नेपाल टेलिकमको ईपीएस : Icon Khabar

काठमाडौँ, फागुन १ । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको आम्दानी घटेसँगै खुद नाफा पनि घटेन पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.५९ प्रतिशत र वित्तीय आम्दानी ८.६१ प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ३.५८ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ५९ पैसा घटेर ४३ रुपैयाँ ६८ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५०३ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.६२ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७२ अर्ब ६७ करोड ६४ लाख रुपैयाँ सञ्चित छ।

Published Date: 13 February 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय