पत्रकार सम्मेलनमार्फत त्तेश्रो भक्तपुर कप २०८० बारे जानकारी

पत्रकार सम्मेलनमार्फत त्तेश्रो भक्तपुर कप २०८० बारे जानकारी : Icon Khabar

भक्तपुर, फागुन १ । “मित्रता, अनुशासन र स्वास्थ्यकालागि खेल” नाराका साथ स्थापना भएको भक्तपुर युवा टीमको आयोजनामा यहि फागुन १८ गते देखि २६ गतेसम्म तेश्रो भक्तपुर कप २०८० हुने भएको छ। आयोजक भक्तपुर युवा टिमले पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताबारे जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा युवा टिमका अध्यक्ष केशव त्वानाबासु, संस्थापक अध्यक्ष एवं सल्लाहकार विश्वराम कवां, अर्का सल्लाहकार एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवां, सल्लाहकार श्रीकृष्ण किसी, पूर्व अध्यक्ष तुल्सीराम ग्वाछा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, टिमका सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सुरेश कवांलगायतले प्रतियोगिताका बारे जानकारी दिए ।

भक्तपुरको महेश्वरी खेल मैदानमा हुने सो प्रतियोगिता फुटबलको तेस्रो संस्करण हुने आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले बताए । सो प्रतियोगिताबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले उक्त प्रतियोगितामा प्रथम हुनेलाई एक लाख २५ हजार रुपैयाँ र द्धितीय हुने टिमलाई ६५ हजार नगद पुरस्कार दिने निर्णय भएको जानकारी दिए । सम्मेलनमा प्रतियोगितामा सहभागी हुने टिमले दर्ता शुल्क रु. १२ हजार पाँंच सय तोकिएको जानकारी दिए । यो सँगै सोहि दर्ता शुल्क भित्र खेल अवधिभर खेलाडीहरुको बिमा आयोजक टीमले नै गरिने जानकारी पनि उनले गराए ।

Published Date: 13 February 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड