पत्रकार सम्मेलनमार्फत त्तेश्रो भक्तपुर कप २०८० बारे जानकारी

पत्रकार सम्मेलनमार्फत त्तेश्रो भक्तपुर कप २०८० बारे जानकारी : Icon Khabar

भक्तपुर, फागुन १ । “मित्रता, अनुशासन र स्वास्थ्यकालागि खेल” नाराका साथ स्थापना भएको भक्तपुर युवा टीमको आयोजनामा यहि फागुन १८ गते देखि २६ गतेसम्म तेश्रो भक्तपुर कप २०८० हुने भएको छ। आयोजक भक्तपुर युवा टिमले पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताबारे जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा युवा टिमका अध्यक्ष केशव त्वानाबासु, संस्थापक अध्यक्ष एवं सल्लाहकार विश्वराम कवां, अर्का सल्लाहकार एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवां, सल्लाहकार श्रीकृष्ण किसी, पूर्व अध्यक्ष तुल्सीराम ग्वाछा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, टिमका सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सुरेश कवांलगायतले प्रतियोगिताका बारे जानकारी दिए ।

भक्तपुरको महेश्वरी खेल मैदानमा हुने सो प्रतियोगिता फुटबलको तेस्रो संस्करण हुने आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले बताए । सो प्रतियोगिताबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले उक्त प्रतियोगितामा प्रथम हुनेलाई एक लाख २५ हजार रुपैयाँ र द्धितीय हुने टिमलाई ६५ हजार नगद पुरस्कार दिने निर्णय भएको जानकारी दिए । सम्मेलनमा प्रतियोगितामा सहभागी हुने टिमले दर्ता शुल्क रु. १२ हजार पाँंच सय तोकिएको जानकारी दिए । यो सँगै सोहि दर्ता शुल्क भित्र खेल अवधिभर खेलाडीहरुको बिमा आयोजक टीमले नै गरिने जानकारी पनि उनले गराए ।

Published Date: 13 February 2024


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली