बलिउड अभिनेता मिथुन चक्रवर्ती आइसीयूमा भर्ना

बलिउड अभिनेता मिथुन चक्रवर्ती आइसीयूमा भर्ना : Icon Khabar

मुम्बई, माघ २७ । बलिउड अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि एउटा निजी अस्पतालमा भर्ना गरिएको छ । शनिवार बिहान उनलाई छाति दुख्ने समस्या देखिएको थियो । त्यसपछि उनलाई तुरुन्तै कोलकाताको एउटा अस्पताल लगिएको हो ।

यतिबेला उनको स्वास्थ्य अवस्था थाहा पाउन फ्यानहरु आतुर भएका छन् । ७३ वर्षीय मिथुन अहिले आफ्नो गृहनगर कोलकाता बस्छन् । शनिवार बिहान पनि उनी नियमित काममा व्यस्त थिए, तर उनलाई अचानक हल्का छटपट हुन थाल्यो र छाति दुख्न थालेपछि अस्पताल भर्ना गरिएको हो । अहिले उनको अस्पतालको आइसीयूमा राखेर उपचार भैरहेको जनाइएको छ ।

मिथुनलाई अहिले कोलकाताको अपोलो अस्पतालको आइसीयूमा भर्ना गरिएको छ । उनलाई डाक्टरको टीमले एमआरआई गरेका छन् । न्यूरोलोजिस्टले उनको उपचार गरिरहेका छन् । मिथुनले शरीरको दाहिने भागमा सुनिएको बताएका थिए । अस्पताल सूत्रका अनुसार उनलाई स्ट्रोक पनि भएको हुन सक्ने बताइएको छ ।

अहिलेसम्म पनि अस्पतालबाट मिथुन चक्रवर्तीको स्वास्थ्य अवस्थाको बारेमा केहि जानकारी गराइएको छैन । फ्यानहरु यतिबेला मिथुनको स्वास्थ्यलाभको कामना गरिररहेका छन् ।

Published Date: 10 February 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग