बलिउड अभिनेता मिथुन चक्रवर्ती आइसीयूमा भर्ना

बलिउड अभिनेता मिथुन चक्रवर्ती आइसीयूमा भर्ना : Icon Khabar

मुम्बई, माघ २७ । बलिउड अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि एउटा निजी अस्पतालमा भर्ना गरिएको छ । शनिवार बिहान उनलाई छाति दुख्ने समस्या देखिएको थियो । त्यसपछि उनलाई तुरुन्तै कोलकाताको एउटा अस्पताल लगिएको हो ।

यतिबेला उनको स्वास्थ्य अवस्था थाहा पाउन फ्यानहरु आतुर भएका छन् । ७३ वर्षीय मिथुन अहिले आफ्नो गृहनगर कोलकाता बस्छन् । शनिवार बिहान पनि उनी नियमित काममा व्यस्त थिए, तर उनलाई अचानक हल्का छटपट हुन थाल्यो र छाति दुख्न थालेपछि अस्पताल भर्ना गरिएको हो । अहिले उनको अस्पतालको आइसीयूमा राखेर उपचार भैरहेको जनाइएको छ ।

मिथुनलाई अहिले कोलकाताको अपोलो अस्पतालको आइसीयूमा भर्ना गरिएको छ । उनलाई डाक्टरको टीमले एमआरआई गरेका छन् । न्यूरोलोजिस्टले उनको उपचार गरिरहेका छन् । मिथुनले शरीरको दाहिने भागमा सुनिएको बताएका थिए । अस्पताल सूत्रका अनुसार उनलाई स्ट्रोक पनि भएको हुन सक्ने बताइएको छ ।

अहिलेसम्म पनि अस्पतालबाट मिथुन चक्रवर्तीको स्वास्थ्य अवस्थाको बारेमा केहि जानकारी गराइएको छैन । फ्यानहरु यतिबेला मिथुनको स्वास्थ्यलाभको कामना गरिररहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 February 2024
Website | + posts