चीन र नेपालबीचको मैत्रीपूर्ण फुटबलमा नेपालको जीत

चीन र नेपालबीचको मैत्रीपूर्ण फुटबलमा नेपालको जीत : Icon Khabar

काठमाडौँ, माघ २७ । चिनियाँ नयाँ बर्षको अवसरमा आयोजना गरिएको चीन र नेपालबीचको मैत्रीपूर्ण फुटबलमा नेपालले ५–१ गोलले जित हात पारेको छ ।

नेपाली युवा फुटबल टिम र चीनको छिङघाई युवा फुटबल टिम प्रतियोगिता भएको हो । एक समारोहबीच प्रतियोगिताको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले गरे । कार्यक्रमलाई सम्बोधन गर्दैअध्यक्ष तिमल्सिनाले खेलमा जुन टिमले जिते वा हारे पनि नेपाल र चीन बीचको सम्बन्धले जित्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनिया राजदुत चेन सङले दुई देशको सम्वन्धलाई प्रगाड बनाउने क्रममा नयाँ बर्षका अवसरमा फुटबल आयोजना गरिएको बताए।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्वु, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ लगायत परिषदका सदस्यहरुको उपस्थिति थियो । नेपालका लागि चिनीय राजदुत र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा प्रतियोगिता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 February 2024
Website | + posts