नमस्ते सहकारीका प्रबन्धक सिजापतिलाई इन्टरपोलमार्फत कतारबाट पक्रेर नेपाल ल्याइयो

नमस्ते सहकारीका प्रबन्धक सिजापतिलाई इन्टरपोलमार्फत कतारबाट पक्रेर नेपाल ल्याइयो : Icon Khabar

काठमाडौं, माघ २७ । सहकारी ठगी मुद्दाका अभियुक्त नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ३८ वर्षीय गणेश सिजापतिलाई इन्टरपोलमार्फत कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

सहकारी ठगीमा फरार रहेका नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरका सिजापतिलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको हो । काठमाडौँको तीनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक सिजापतिविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । इन्टरपोलको सहयोग र कतार प्रहरीसँगको समन्वयमा उनलाई नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।

Published Date: 10 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास