भक्तपुरको मध्यपुर थिमिमा भीषण आगलागी

भक्तपुरको मध्यपुर थिमिमा भीषण आगलागी : Icon Khabar
भक्तपुर, माघ २७ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ कमेरोटारमा रहेको एक कवाडी सङ्कलन केन्द्रमा भीषण आगलागी भएको छ । शनिवार दिउँसो २ बजेदेखि सुरु भएको आगो नियन्त्रणको प्रयास भइरहेको जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरले जनाएको छ ।
आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरबाट २ वटा दमकल, नेपाली सेनाको दमकल र काठमाडौंबाट समेत दमकल मगाएर आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागीबाट कवाडी सङ्कलन केन्द्रमा राखिएका सामग्रीहरू नष्ट भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
3
+1
1
+1
0
Published Date: 10 February 2024
Website | + posts