देशमा भ्रष्टाचार र लुटतन्त्र मौलाएको छः राजेन्द्र लिङ्देन

देशमा भ्रष्टाचार र लुटतन्त्र मौलाएको छः राजेन्द्र लिङ्देन : Icon Khabar

काठमाडौं, माघ २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले देशमा भ्रष्टाचार र लुटतन्त्र मौलाएको आरोप लगाएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले सुशासन र प्रगतिका कुरा मात्रै गरेपनि देशमा भ्रष्टाचार र लुटतन्त्रमात्रै देखिएको आरोप लगाएका हुन्।

मुलुक परिवर्तनमा गएपछि भ्रष्टाचार चरम रुपमा बढेको उनले बताए । उनले एनसेल, टेरामक्स लगाएतमा पनि अनियमितता भएको र जनतालाई ठग्ने काम भएको उल्लेख गरे।

लिङ्देनले अहिले मुलुक सीमित राजनीतिक दलका नेताको कैदमा रहेको र देश यही अवस्थामा राखिराख्न नसक्ने बताए। उनले मुलकलाई अघि बढाउन नयाँ सम्झौताकासाथ अघि बढ्न सुझाव दिए।

Published Date: 07 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास