एनिमलका निर्देशकलाई कंगनाले भनिन्, ‘म तपाईको फिल्म खेल्दिन्ँ’

एनिमलका निर्देशकलाई कंगनाले भनिन्, ‘म तपाईको फिल्म खेल्दिन्ँ’ : Icon Khabar

मुम्बइ, माघ २३ । बलिउड अभिनेत्री कंगना रनौत आफ्नो बयानका कारण सधैं चर्चामा रहन्छिन् । कंगना हरेक मुद्दामा बोल्न हिचकिचाउँदिनन् । कंगनाले केही समयअघि सन्दीप रेड्डी वांगाको फिल्म ‘एनिमल’ को आलोचना गरेकी थिइन् । उनले रणवीर कपुरलाई पनि निशाना बनाएका थिइन् । कंगनाले फिल्मको आलोचना गरेपछि निर्देशक सन्दीपले उनको टिप्पणीमा ध्यान नदिने बताएका थिए ।

यद्दपी, सन्दीपले हालैको एक अन्तर्वार्तामा कंगनाको तारिफ गर्दै उनीसँग काम गर्ने इच्छा व्यक्त गरेका थिए । कंगनाले यसको जवाफ दिएकी छिन् । उनी सन्दीपसँग काम गर्न चाहँदिनन् । आजकल सन्दीप एनिमलको सफलताको आनन्द लिइरहेका छन् । फिल्मलाई बक्स अफिसका साथै ओटीटी प्लेटफर्ममा निकै मन पराइएको छ । सबैले तारिफ गरिरहेका छन् । तर, यो फिल्मलाई लिएर धेरै विवादहरु भएका छन् ।

सन्दीपले कंगनासँग काम गर्ने कुरा गरेपछि अभिनेत्रीले यस्तो प्रतिक्रिया दिएकी छन् । कंगनाले ट्वीट गरेकी छिन्, ‘समीक्षा र आलोचना एउटै होइन, हरेक प्रकारको कलाको समीक्षा र छलफल हुनुपर्छ, यो सामान्य कुरा हो । सन्दिपजीले मुस्कुराउँदै मेरो समीक्षालाई जसरी सम्मान दिनुभयो, त्यो देखेर भन्न सकिन्छ कि उहाँ पुरुषार्थी फिल्म मात्र बनाउँदैनन्, उहाँको मनोवृत्ति पनि म्यानली छ, धन्यवाद सर ।’ कंगनाले थप लेखेकी छिन्, ‘तर कृपया मलाई कुनै भूमिका नदिनुहोस् नत्र तपाईका अल्फा पुरुष हिरोहरु नारीवादी बन्ने छन् र तपाईका फिल्महरु पनि पिट्न थाल्ने छन् । तपाईंले ब्लकबस्टरहरू बनाउनु हुन्छ र फिल्म उद्योगलाई तपाईंको आवश्यकता छ ।’

सन्दीप रेड्डी वांगाले सिद्धार्थ काननलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए, ‘यदि मलाई मौका मिल्यो र उनी मेरो भूमिकामा मिल्दोजुल्दो छ भने म उन कहाँ गएर कथा सुनाउनेछु । क्वीन र अन्य फिल्ममा उनको अभिनय मलाई एकदमै मन परको थियो, त्यसैले यदि उनले एनिमलको बारेमा नकारात्मक टिप्पणी गरिरहेकी छिन् भने मलाई कुनै समस्या छैन । म रिसाउने छैन किनभने मैले उनको काम देखेको छु । मलाई नराम्रो लाग्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 February 2024
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)