मंगलबार सामान्य बढ्यो नेप्से र कारोबार रकम

मंगलबार सामान्य बढ्यो नेप्से र कारोबार रकम : Icon Khabar

काठमाडौँ, माघ २३ । अघिल्लो कारोबार दिनको अन्तिम समयमा बढेको नेप्से मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो। मंगलबार नेप्से परिसूचक ९.४४ अंक बढेर २०८५.७१ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक बढेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ४३ करोडको शेयर कारोबार भएको बजारमा आज ३१५ स्टकको ६६ जार ५५९ पटकको कारोबारमा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बराबरको ७६ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।  उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अन्य र व्यापार उपसमूहको परिसूचक घटेको हो।

आज समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य ६९ रुपैयाँ ३० पैसा बढेर ७६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, गुराँस लघुवित्तको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको  ३३ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 February 2024
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो