काठमाडौं, माघ २१ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आइतबार अमेरिकी डलरको भाउ घटेको छ भने युरोको भाउ बढेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.०७ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.७२ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.६८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८४ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.३० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१९ रुपैयाँ रहेको छ ।
Published Date: 04 February 2024
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news