प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता : Icon Khabar

काठमाडौं, माघ १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डसँग आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि भेटवार्ता गर्दैछन् ।

यी भेट आगामी बजेट अधिवेशनसँग सम्बन्धित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपराह्न ४ बजे संसदको हिउँदे अधिवेशन पनि भनिने बजेट अधिवेशन आह्वान गरेका छन् । यो अधिवेशनमा केही विधेयकहरु समेत प्रस्तुत हुनेछन् ।

संसदको विजनेस र आगामी बजेटका प्राथमिकताका विषयमा प्रधानमन्त्री प्रचण्ड निरन्तर परामर्शमा छन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच यही बजेट अधिवेशन र समसामयिक परिस्थितिबारे छलफल भएको बताइएको छ ।

Published Date: 02 February 2024


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै