दुबै पुनर्बीमा कम्पनीले बोनस दिएर पूँजी पुर्याउन नसक्ने

दुबै पुनर्बीमा कम्पनीले बोनस दिएर पूँजी पुर्याउन नसक्ने : Icon Khabar

काठमाडौँ, माघ १८ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाएर २० अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ। एक वर्षभित्र २० अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन कम्पनीहरुसँग कार्ययोजना समेत मागेको छ।

बीमा र निर्जीवन बीमा कम्पनीहरुको पूँजी बृद्धि पछि प्राधिकरणले अब पुनर्बीमा कम्पनीको पूँजी बृद्धिको निर्णय गरेको हो। २०८१ माघ मसान्तसम्ममा पुनर्बीमा कम्पनीहरुले २० अर्ब रुपैयाँ पुँजी पुर्याउनु पर्ने गरी निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। पूँजी पुर्याउनको लागि दुबै कम्पनीले १५ दिनभित्र कार्ययोजना प्राधिकरणलाई बुझाउनुपर्ने छ।

  • कसलाई कति चाहिन्छ पूँजी?

हाल सञ्चालनमा रहेका दुबै पुनरर्बीमा कम्पनीको चुक्ता पूँजी बीमा प्राधिकरणले तोकेको भन्दा कम छ।
नेपाल पुनर्बीमा कम्पनीको कुल चुक्ता पूँजी १२ अर्ब ८१ करोड रुपैयाँ छ। बीमा प्राधिकरणले तोके अनुसारको पूँजी पुर्याउन कम्पनीलाई ७ अर्ब १९ करोड रुपैयाँ पूँजी आवश्यक पर्छ।

हिमालयन पुनर्बीमा कम्पनीको कुल चुक्ता पूँजी १० अर्ब रुपैयाँ छ। ७ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन इन्स्योरेन्सले केहि समय अघि मात्रै सर्वसाधारणमा ३ अर्ब रुपैयाँको आइपीओ जारी गरी चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुर्याएको थियो। भर्खरै आइपीओ जारी गरेको हिमालयनले पनि आगामी १ वर्षभित्र चुक्ता पूँजी शत प्रतिशत अर्थात १० अर्ब रुपैयाँले बढाउनु पर्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 February 2024
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने