दुबै पुनर्बीमा कम्पनीले बोनस दिएर पूँजी पुर्याउन नसक्ने

दुबै पुनर्बीमा कम्पनीले बोनस दिएर पूँजी पुर्याउन नसक्ने : Icon Khabar

काठमाडौँ, माघ १८ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाएर २० अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ। एक वर्षभित्र २० अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन कम्पनीहरुसँग कार्ययोजना समेत मागेको छ।

बीमा र निर्जीवन बीमा कम्पनीहरुको पूँजी बृद्धि पछि प्राधिकरणले अब पुनर्बीमा कम्पनीको पूँजी बृद्धिको निर्णय गरेको हो। २०८१ माघ मसान्तसम्ममा पुनर्बीमा कम्पनीहरुले २० अर्ब रुपैयाँ पुँजी पुर्याउनु पर्ने गरी निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। पूँजी पुर्याउनको लागि दुबै कम्पनीले १५ दिनभित्र कार्ययोजना प्राधिकरणलाई बुझाउनुपर्ने छ।

  • कसलाई कति चाहिन्छ पूँजी?

हाल सञ्चालनमा रहेका दुबै पुनरर्बीमा कम्पनीको चुक्ता पूँजी बीमा प्राधिकरणले तोकेको भन्दा कम छ।
नेपाल पुनर्बीमा कम्पनीको कुल चुक्ता पूँजी १२ अर्ब ८१ करोड रुपैयाँ छ। बीमा प्राधिकरणले तोके अनुसारको पूँजी पुर्याउन कम्पनीलाई ७ अर्ब १९ करोड रुपैयाँ पूँजी आवश्यक पर्छ।

हिमालयन पुनर्बीमा कम्पनीको कुल चुक्ता पूँजी १० अर्ब रुपैयाँ छ। ७ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन इन्स्योरेन्सले केहि समय अघि मात्रै सर्वसाधारणमा ३ अर्ब रुपैयाँको आइपीओ जारी गरी चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुर्याएको थियो। भर्खरै आइपीओ जारी गरेको हिमालयनले पनि आगामी १ वर्षभित्र चुक्ता पूँजी शत प्रतिशत अर्थात १० अर्ब रुपैयाँले बढाउनु पर्ने भएको छ।

Published Date: 01 February 2024


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर