नेपालको बंगलादेश विरुद्ध खराब सुरुवात

नेपालको बंगलादेश विरुद्ध खराब सुरुवात : Icon Khabar

काठमाडौं, माघ १७ । आईसिसी यु-१९ विश्वकप अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले बंगलादेश विरुद्ध खराब सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो पावरप्लेमा तीन विकेट गुमाइसकेको छ ।

१० ओभरको समाप्तिमा नेपालले ३५ रनमा तीन विकेट गुमाएको हो ।  नेपालका ओपनर द्वय अर्जुन कुमाल, बिपिन रावल र तीन नम्बरमा आएका आकाश त्रिपाठी पेभेलियान फर्किसकेका छन् ।

बिपिन रावल चौथो ओभरको पाँचौ बलमा मरुफ मृधाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट स्लिपमा क्याच आउट भएका थिए । उनले १२ बल खेलेर २ रन बनाए ।

त्यसपछि आउट हुने आकाश त्रिपाठी थिए । उनी १३ बलमा ३ रन बनाएर इक्बाल होसेन इमोनको बलमा आठौ ओभरको पाचौ बलमा रिजवानकै हातबाट क्याच आउट भए ।

अर्जुन कुमाल भने रोहानत बोर्सोनको बलमा नवौ ओभरको तेस्रो बलमा २६ बलमा २ चौका सहित १४ रन बनाएर मृधाको बलमा क्याच आउट भए । अहिले क्रिजमा कप्तान देव खनाल र विशाल विक्रम केसी खेलिरहेका छन् ।

नेपालले आज टोलीमा २ परिवर्तन गरेको छ । तिलकराज भण्डारी र दीपक डुम्रेको स्थानमा आज अलराउन्डर विशाल विक्रम केसी र तीव्र गतिका बलर दुर्गेश गुप्ता टोलीमा आएका छन् । विशाल प्रतियोगितामा पहिलो पटक खेलिरहेका छन् ।

नेपालको प्लेइङ ११ :

अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल (कप्तान), विशाल विक्रम केसी, गुलशन झा, दिपक बोहोरा, दीपेश कंडेल, सुभाष भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता

Published Date: 31 January 2024


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली