नेपालको बंगलादेश विरुद्ध खराब सुरुवात

नेपालको बंगलादेश विरुद्ध खराब सुरुवात : Icon Khabar

काठमाडौं, माघ १७ । आईसिसी यु-१९ विश्वकप अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले बंगलादेश विरुद्ध खराब सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो पावरप्लेमा तीन विकेट गुमाइसकेको छ ।

१० ओभरको समाप्तिमा नेपालले ३५ रनमा तीन विकेट गुमाएको हो ।  नेपालका ओपनर द्वय अर्जुन कुमाल, बिपिन रावल र तीन नम्बरमा आएका आकाश त्रिपाठी पेभेलियान फर्किसकेका छन् ।

बिपिन रावल चौथो ओभरको पाँचौ बलमा मरुफ मृधाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट स्लिपमा क्याच आउट भएका थिए । उनले १२ बल खेलेर २ रन बनाए ।

त्यसपछि आउट हुने आकाश त्रिपाठी थिए । उनी १३ बलमा ३ रन बनाएर इक्बाल होसेन इमोनको बलमा आठौ ओभरको पाचौ बलमा रिजवानकै हातबाट क्याच आउट भए ।

अर्जुन कुमाल भने रोहानत बोर्सोनको बलमा नवौ ओभरको तेस्रो बलमा २६ बलमा २ चौका सहित १४ रन बनाएर मृधाको बलमा क्याच आउट भए । अहिले क्रिजमा कप्तान देव खनाल र विशाल विक्रम केसी खेलिरहेका छन् ।

नेपालले आज टोलीमा २ परिवर्तन गरेको छ । तिलकराज भण्डारी र दीपक डुम्रेको स्थानमा आज अलराउन्डर विशाल विक्रम केसी र तीव्र गतिका बलर दुर्गेश गुप्ता टोलीमा आएका छन् । विशाल प्रतियोगितामा पहिलो पटक खेलिरहेका छन् ।

नेपालको प्लेइङ ११ :

अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल (कप्तान), विशाल विक्रम केसी, गुलशन झा, दिपक बोहोरा, दीपेश कंडेल, सुभाष भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 January 2024
Website | + posts