यू–१९ विश्वकप : बंगलादेशविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै

यू–१९ विश्वकप : बंगलादेशविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै : Icon Khabar

काठमाडौं, माघ १७ । जारी आईसीसी यू–१९ क्रिकेट विश्वकपअन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दैछ । यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

योसँगै बंगलादेशले पहिला बलिङ गर्ने भएको छ । नेपालले समूह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समूह ‘डी’ मा तेस्रो हुदै सुपर सिक्समा पुगेको हो । त्यस्तै बंगलादेशले समुह चरणमा ३ खेलमा २ जित र एक हारसहित समूह ‘ए’ बाट दोस्रो हुदै सुपर सिक्समा पुगेको हो ।

सुपर सिक्सको पहिलो खेलमा मंगलबार भारत र पाकिस्तानले आ–आफ्नो खेलमा जित हासिल गरिसकेका हुनाले नेपालको सेमिफाइनलको सम्मावना भने सकिएको छ । अब दुवै खेलमा जित हासिल गरे पनि नेपालको सेमिफाइनलको दौडबाट बाहिरिएको छ ।

समुह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई रोमान्चक एक विकेटले पराजित गरेको थियो । आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ । सुपर सिक्समा रहेका ६ देशले २–२ खेल खेलेपछि शिर्ष स्थानका दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 January 2024
Website | + posts